आज:  २०७९ श्रावण २८, शनिबार | Sat, 13, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

बारा जिल्ला कृषिमा पुर्ण रुपले आत्मनिर्भर : कृषि कार्यलय बाराका प्रमुख यादव

AuthorAP Khabar२०७५ भाद्र १, शुक्रबार (३ साल अघि) ७५३ पाठक संख्या

बारा जिल्लाका कृषि विकास अधिकृत जितेन्द्र यादवको जन्म वि.स. २०२६ सालमा पर्साको अमरपट्टी १ मा भएको हो । २०५१ सालमा बालि संरक्षण अधिकृतको रुपमा सरकारी सेवामा प्रवेस गरेका उनी हाल वरिष्ट कृषि विकास अधिकृतको रुपमा बारामा कार्यरत छन् ।ताइवानबाट एम.एस.सि गरेर सरकारी सेवामा प्रवेस गरेका उनि २०६८ सालमा वरिष्ट कृषि विकास अधिकृत भइ हाल २०७१ सालबाट बारा जिल्ला कृषि कार्यलयका प्रमुखमा कार्यरत रहेका छन् ।
वाहाँसंग बाराका कृषि क्षेत्रको बारेमा गरीएको कुराकानिको सारसंक्षेप :

१. बारामा कृषि कार्यलयको प्रमुख भएर आउदा यहांको कृषिको अवस्था कस्तो पाउनु भएको थियो ?
बारा जिल्ला पहिले देखिनै कृषिमा उर्वर भुमिको रुपमा रहेका थियो तर म आज भन्दा दुइ वर्ष पहिले आउदा यहां खेति त गर्ने तर पुरानो तरीकाले गर्ने बानि थियो । कुन जग्गामा के को खेति गर्दा फाइदा हुन्छ भन्ने कृषकमा पहिचान थिएन् । माटोको पहिचान नगरी जथाभावि खेति गर्दा किसानले चाहे अनुसारको आमदानि लिन नसकेको अवस्था थियो ।
२ तपाइ आए पछि के परिवर्तन गर्नु भएको छ ?
मैले सबै भन्दा पहिले सहि उब्जनि हुने क्षेत्रको पहिचान गरे । कुन माटोमा के गर्दा राम्रो आम्दानी लिन सकिन्छ भन्ने सर्वे गरी किसानलाइ त्यही काम गर्न प्रेरित गरेको छु र गर्दैपनि छु । निजगढमा केरा खेति, सिमरामा च्याउ खेति त्यस्तै सिम्रोनगढमा माछा पालनको लागी मैले किसानलाइ अभिप्रेरित गरे । आज लगभग कृषिमा लागेका किसान केहि हद सम्म कृषि ब्यवसायबाट खुसि छन् ।
३. तपाइले भने बमोजिम बाराको कृषि क्षेत्रमा लगानि गर्न कतिको उपयुक्त हुन्छ ?
कुनै पनि नयां किसानलाइ बिना कुनै सोच हचुवाको भरमा खेति गर्ने सल्लाह म दिनसक्दिन । खेति गर्दा कृषि कार्यलय कलैया वा सेवा केन्द्रमा रहेका कृषि विज्ञहरुसंग सल्लाह गरेर मात्र खेति गर्नु उपयूक्त हुन्छ । कस्तो माटोमा कुन बालि राम्रो हुने कुरा सबैलाइ थाहा नभएकै कारणले केहि समय खेति गर्ने र मनग्य आम्दानी नभएपछि कृषि पेसाबाट पलाएत हुने स्थिति हुन्छ । अब कुरा आयो लगानिको हामीसंग सल्लाह लिएर खेति गर्ने किसानको लागी बारा जिल्लाको माटो धेरै राम्रो छ ।
४. तपाइ आएपछि क्षेत्र पहिचान गरी खेति गर्न लगाएको कुरा गर्नु भयो ? बारामा कुन क्षेत्रमा किसानले के को खेति गर्ने बताइदिनुस त ?
हो, म आए पछि मेरो पहिलो काम नै क्षेत्र पहिचान गर्ने थियो । मेरा सहयोगिहरुको सहकार्यमा मैले यो काम सम्पन्न गरे । अनि निजगढका कृषक साथीहरुलाइ केरा खेति गर्न, सिमराका महिलाहरुलाइ आधुनिक तरीकाले च्याउ उत्पादन गर्न, डुमरवानामा धान खेति गर्न र माछा गाउं लगाएत सिम्रोनगढलाइ माछा पालनमा गर्न प्रेरित गरे । यति गरेपछि यी क्षेत्रका किसान जो यस पेसामा संलग्न छन् उनिहरु मनग्य आम्दानि लिन सफल भएका छन् । अनि मैले भनेको क्षेत्रका किसानले त्यहि अनुसारको कृषिमा संलग्न भए सहयोग र आम्दानि दुबै लिन सक्ने कुरा म सबैमा जानकारी गराउन चाहन्छु ।
५. आज १३ औ धान दिवसको अवसरमा हामी कृषिको बारेमा कुरा गरीरहदा यस वर्ष बाराको कृषक र धान उत्पादनको कुनै तथ्याङ्क छ तपाइसंग ?
किटान गरेर भन्न सकिन्न तर लगभग ५ लाख जनसंख्याको ७१ प्रतिशत किसान बारामा रहेका छने भन्ने तथ्याङ्क छ । अनि ६० हजार हेक्टर कृषि योग्य जग्गा छ जस्मा एक वर्षमा २ लाख ४० हजार मेट्रिक टन धान उत्पादन हुन्छ ।
६. कृषिमा आधुनिकिकरणका कुरा आइरहेको छ ? के हो आधुनिकिकरण भनेको ? किसानलाइ आधुनिक तरीकाबाट खेति गर्दा के फाइदा हुन्छ ?
अहिले सम्मपनि हामि पुरानै तरीकाले खेति गर्दै आइरहेका छौ । पुरानो तरीका धेरै खर्चिलो छ र त्यसबाट आम्दानिपनि कम हुन्छ । त्यसैले अब खेति गर्दा नयां औसार र प्रविधीको प्रयोगमा ल्याउने कुरालाइ सरकारले उठाएको छ । अर्थात खेति गर्न नयां प्रविधि तथा औजारको प्रयोग गर्नु नै कृषिमा आधुनिकिकरण गर्नु हो । धान कै कुरा गरौँ धान काट्ने एउटा मेसिनले १ धण्टामा गर्ने काम ८ जना मजदुरले दिनभरिमा गर्छ । अर्थात कम लगानि र थोरै समयमा धेरै काम गर्न सकियो । अनि लगानि कम भएपछि निर्यात बढने रआम्दानि पनि बढ्ने भयो ।
७. बारामा आयात र निर्यातको अवस्था कस्तो छ ?
बारा सबै बालिमा पुर्ण रुपले आत्मनिर्भर जिल्ला हो । मलाइ लाग्छ मध्यतराइमै बारा कृषि उत्पादनको क्षेत्रमा अगाडी छ । झन माछा पालनमा नेपाल भरीनै निर्यात गर्ने क्षमता राख्छ । त्यसैले त बारा जिल्लालाई माछा पालनकोलागी सुपर जोन घोषण गरीएको छ ।
८. के हो यो सुपर जोन भनेको ? अनि सुपर जोन भएपछि किसानलाइ के फाइदा हुन्छ ?
नेपाल सरकारले कृषि क्षेत्रमा लगानि बढाइ नेपाललाइ आत्मनिर्भर बनाउन ल्याएको निति अन्तरगत यो सुपरजोन पर्दछ । हाल सरकारले साउनबाट संचालनमा ल्याउने गरी पकेट क्षेत्र, ब्लक क्षेत्र, जोन र सुपर जोन क्षेत्रको निति बनाएर लगानिको बातावरण अगाडी बढाएको छ । नेपालमा सुपर जोनमा ७ ठाउंलाइ लिइएको छ जस मध्ये २ नम्बर प्रदेशबाट बाराको सिम्रोनगढलाइ सुपर जोनमा राखिएको छ ।
सिम्रोनगढ क्षेत्रमा हाल ५ सय हेक्टरमा पोखरी छ त्यो पोखरीलाइ १ हजार हेक्टर बनाउन सरकारले लगानि बढाएको छ । पोखरी बढेपछि माछाबाट मासु उत्पादन गर्न उद्योग संचालन गर्न समेत सरकारले विशेष ब्यवस्था गर्ने छ । पोखरी खन्न हाल सम्म ५० प्रतिशत सम्म अनुदान दिदै आइएको छ । त्यति मात्र नभै कुषि क्षेत्रमा लगानि बढाउन प्रधानमन्त्रि कृषि आधुनीकिरण परीयोजना समेत साउनबाट लागु गर्ने सरकारको तैयारी छ ।
९. कृषिको क्षेत्रमा सरकारको यति धेरै लगानि हुदाहुदै पनि युवाहरु विदेशिने प्रक्रिया रोकिएको छैन् ? यसको कारण के होला ?
केहि वर्ष यता युवाहरुपनि खेति तथा माछा पालनमा लागेका छन् । निजगढ, सिमरा, बैनैलि, दोधार्पा जस्ता ठाउंहरुमा गएर युवाहरुले गरेको काम हेरेर केहि सिक्न सकिन्छ । राजनितिमा लागेका बेनैलिका जलन्धर सिहं माछा पालन गरेर वार्षिक ५६ करोड सम्मको ब्यापार गरेको उदाहरण हामिसंग छ । तर केहि चेतनाको कमिले युवाहरु विदेशीने क्रम जारी छ ।
१०. बारामा खेति योग्य जग्गालाइ घडेरी बनाएर बेचबिखन गर्ने परिपाटि बढेको छ जसको कारण खेति योग्य जग्गा बाझों भैरहेको छ यसलाइ रोक्न सरकार कुनै निति ल्याएको छ कि ?
ठिक कुरा गर्नु भयो । यहां जग्गाको कारोबार गर्ने धेरै बढदै गएको छ । जस्को कारण खेति योग्य जग्गामा खेति हुन पाएको छैन् । अब खेति योग्य जग्गामा खेति नगर्ने हो भने उत्पादन मुल्यको २५ प्रतिशत जरीवाना जग्गा धनिले तिनुपर्ने प्रावधान आउदै छ । त्यस कारण सबैलाइ खे ितगर्न बाध्य हुनु पर्छ । अहिले हामिले खे ितगर्न चाहने ब्यक्तिलाइ बाझों जग्गा करारमा लिएर खेति गर्ने बातावरण बनाउन समेत मद्धत गर्ने गरेका छौं ।
११. अन्त्यमा बाराका कृषकलाइ के भन्न चाहनुहुन्छ ?
खेति गर्दा कृषहरुले कृषि प्राविधीकहरुसंग सल्लाह गर्नुप¥यो । कृषिलाइ ब्यवसायीक रुपमा लग्न सरकारले अनुदान तथा विभिन्न सहयोगी निति ल्याउन लागेकोले यसमा इमान्दारी पुर्वक लाग्न आग्रह गर्न चाहन्छु । साथै युवाहरुलाइ आफ्नै देशमा गर्ने बातावरण बनेकोले यहि काम मनोसाय बनाएर आए कृषि कार्यलयले सक्दो सहयोग गर्ने छ ।

प्रतिक्रिया दिनुहोस