आज:  २०८० आश्विन ९, मंगलबार | Tue, 26, Sep, 2023
FLASH NEWS

पथलैयामा लागु औषध बिरुद्ध एक दिने जन चेतना मूलक कार्यक्रम सम्पन्न

AuthorAP Khabar२०७५ भाद्र १, शुक्रबार (५ साल अघि) ५७६ पाठक संख्या

पथलैया, २३ जेठ : बाराको पथलैयामा लागु औषध बिरुद्ध एक दिने जन चेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । नयँ गोरेटो पुर्न स्थापना क्रेन्द्र बाराको आयोजनामा आइतवार सो कार्यक्रम सम्पन्न भएको हो ।
पथलैया बिधालयमा आयोजीत सो कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुरषोतम खडकाले लागु औषधको प्रयोगमा हुने अपराध र त्यस अपराध सम्बन्धि हुन कानूनी कारवाहीको बारेमा स्कुले बालबालिलाइ जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै सांसद मधु शाही ठकुरीले सामाजिक क्षेत्रमा आउने परिवर्तन र बिकासमा आफु सदा समर्पित रहने बताउनु भएको थियो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएकी सांसद साहीले समाजमा परिवर्तन ल्याउन र युवा जमातलाइ कुलतबाट बचाउन नया गोरेटोले खेलेको भुमिका प्रसंशा योग्य रहेको र आउदो दिनमा पनि यस सस्थाले समाजको लागी राम्रो काम गर्ने आपेक्षा राखेको धारण ब्यक्त गर्नुभएको थियो ।
सस्थाका अध्यक्ष राजकुमार लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामदास धौजु, स्थानिय समाजसेवि भोला ठाकुर, मीना गुरुङ्ग, राम बहादुर अधिकारी, आमन्त्रित सहजकर्ता अजित कुमार राइ लगाएत विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस