आज:  २०८० जेष्ठ २६, शुक्रबार | Fri, 09, Jun, 2023
FLASH NEWS

फोहरमैला ब्यवस्थापनमा नगर बासिको भूमिका सम्बन्धि एक दिने अभिमुखिकरण एवम अन्तरक्रिया कार्यक्रम जीतपुरमा सम्पन्न

AuthorAP Khabar२०७५ भाद्र १, शुक्रबार (४ साल अघि) ५१९ पाठक संख्या

जीतपुर, २३ जेठ : बाराको जीतपुरमा फोहरमैला ब्यवस्थापनमा नगर बासिको भूमिका सम्बन्धि एक दिने अभिमुखिकरण एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल क्लिन एण्ड ग्रिन सिटी प्रा.ली.को आयोजनामा आइतवार सम्पन्न सो कार्यक्रमलाइ गढिमाइ नगरपालिकाले सहयोग गरेको थियो ।
कार्यक्रममा जीतपुरको जीतपुरको जीवन ज्याति उच्च माविमा सम्पन्न सो कार्यक्रममा फोहरमैलाबाट हुने असर तथा त्यसको ब्यवस्थापन गर्ने उपाएको बारेमा विभिन्न श्रब्य तथा दृश्य समाग्री प्रस्तुत गरीएको थियो ।
विरगंज उपमहा नगरपालिकाका भूपु अधिकृत विजय ढुङ्गेलले एवम हेटौडा नगरपालिकाका बरिष्ठ अधिकृत बि.के. महर्जनले प्रशिक्षण दिनुभएको थियो ।
नेपाल क्लिन एण्ड ग्रिन सिटी प्रा.ली.का संयोजक विजय कुमार कुश्वाहाको सभापत्तिवमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी गढिमाइ नगरपालिकाका कार्यकारी अधिकृत नाथु साह रहनुभएको थियो ।
कार्यक्रममा जीतपुर उद्योग वाणिज्य संघका अध्यक्ष घन्श्याम गिरी, गढिमाइ नगरपालिकाका सामुदायीक विकाशका शाखा प्रमुख हरिकिशोर साह लगाएत ५० जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस