आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

समग्र उद्योग ट्रेड यूनियन नेपालको ९औं अधिवेशनबाट अध्यक्षमा पुडासैनि

AuthorAP Khabar२०७५ भाद्र १, शुक्रबार (५ साल अघि) ५६१ पाठक संख्या

हेटौडा, २९ जेठ : मकवानपुरको हेटौडामा सम्पन्न समग्र उद्योग ट्रेड यूनियन नेपालको ९औं अधिवेशनले नौ सदस्य नयां कार्य समिति चयन गरेको छ । आगामी दुइ वर्षको लागी चयन गरीएको समितिको अध्यक्षमा मन्दिप पुडासैनि चयन हुनुभएको छ ।
समितिको उपाध्यक्षमा दोर्जे लामा, सचिवमा अजय खतिवडा, सह सचिवमा मनोज लामा र कोषाध्यक्षमा प्रकश रिमाल रहेका छन् भने सदस्यहरुमा शम्भू प्रसाद पौडेल, दिनेश डगाेंल, राम कुमार अधिकारी र संजिव कुमार संयाङ्तान रहेको छन् ।
समग्र उद्योग ट्रेड यूनियनका केन्द्रिय उपाध्यक्ष अमृतलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व समग्र उद्योग ट्रेड यूनियन नेपालका अध्यक्ष शेषानन्द अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा समग्र उद्योग ट्रेड यूनियनका केन्द्रिय सचिव आनन्द धामी, केन्द्रिय सदस्य राजेन्द्र पौडेल, जिफन्ट नारायणी अञ्चल उपाध्यक्ष अर्जुन ढुङ्गेल, मकवानपुर इन्चार्ज नारायण अधिकारी लगाएत हरि बहादुर क्षेत्री, विक्रम कुमार, उपस्थिति रहेको थियो ।
अजय साहको संचालनमा सम्पन्न कार्यक्रममा अर्जुन ढकालले शुभकामना मन्तब्य राख्नु भएको राम अधिकारीले जानकाररी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस