आज:  २०७९ मंसिर १२, सोमबार | Mon, 28, Nov, 2022
FLASH NEWS

गाविस मनहर्वाद्वारा छात्रछात्राहरुलाई शैक्षिक सामाग्री

AuthorAP Khabar२०७५ भाद्र २, शनिबार (४ साल अघि) ३२९ पाठक संख्या

मनहर्वा : गाउँ विकास समिति मनहर्वाले आजएक कार्यक्रमका विच गाविस भित्र रहेका ७ वटा विद्यालयमा अध्ययानरत प्राथमीक तहमा पढ्ने ३५ जना छात्रछात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
विपन्न,गरिब,दलित र पछाडी परेका वर्ग समुदायका जेहन्दार छात्रछात्राहरुका लागि कापीकलम तथा स्कुल ब्याग वितरण गरिएको गाविसका सचिव राजेश सुवेदिले जानकारी दिनु भयो ।
चालु आर्थिक बर्षमा बालबालिकाको लागी छुट्याईएको ३५हजार रकमबाट स्थानिय विद्यालयहरुले सिफारिस गरेका ३५ जना विद्यार्थी भाई बहिनीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको सचिब सुबेदीले बताउनु भयो ।
गाविसिको कार्यालय मनहर्वामा भएको कार्यक्रममा स्थानिय विद्यालयका प्रधानअध्यापकहरु बालबालिका आफन्त लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस