आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

हाम्रो समाज जागरण अभियानद्धारा डुमरवानामा निशुल्क स्वास्थ्य शिविरको आयोजना

AuthorAP Khabar२०७५ भाद्र ५, मंगलबार (५ साल अघि) ५२७ पाठक संख्या

सिमरा : बाराको डुमरवानामा हाम्रो समाज जागरण अभियानद्धारा सञ्चालित रेडियो सिमरा ९१.२ मेगाहर्जले एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । बाराको डुमरवाना स्थित नेराउमावि डुमरवानामा सम्पन्न सो स्वाथ्य शिविरमा जिल्ला विकाश कार्यलयले आर्थिक सहयोगो, नेश्नल मेडिकल कलेजको प्रविधिक सहयोग गरेको थियो भने गढिमाइ नगरपालिका, नेरा उमावि डुमरवाना र डुमरवाना हेल्थपोस्टको विशेष सहयोग रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी स्थानिय विकास अधिकारी नारायण प्रसाद पाण्डेले निशुल्क स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका नागरीकको स्वास्थ्य स्थितिको बारेमा जानकारी गराउने हुदा यो कार्यक्रम प्रभावकारी हुने बताउनु भयो ।
यस्ता कार्यक्रमहरुमा जिल्ला विकास समितीले सधै सहयोग गर्ने उहांले प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो ।
यसैगरी रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेलले हाम्रो समाज जागरण अभियानले सामाजीक क्षेत्रमा विभिन्न गतिविध सञ्चालन गर्दै आएको उल्लेख गर्दै नागरीकको सुचना पाउने अधिकारको पहरेदारी मात्र नभएर स्वास्थ्य शिक्षा र जनजिविकाका विषयमा समेत भुमिका निर्वाह गर्ने सोचका अघि बढेको थाबि गर्नु भयो ।
कार्यक्रम समाज जागरणका उपाध्यक्ष सुन्दर विकको सभापतित्वमा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यलयका प्रमुख पुरुषोतम खड्का, नेकपा एमालेका नगर अध्यक्ष रुपलाल चौधरी, नेरा उमाविका प्रचार्य अक्षय कुमार चौधरी, सम्पुर्ण यातायातका प्रमुख ऋसि लुइटेल, नेश्नल मेडिकलका टिम प्रमुख अमित ठाकुर लगाएत स्थानियको सहभागिता रहेको थियो ।
समाजसेवि देवनारायण चौधरीको सहजीकरणमा सम्पन्न कार्यक्रममा ८९ पुरुष र १४२ महिला गरी २३१ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस