आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023
FLASH NEWS

बन र बन्यजन्तुको संरक्षणको लागीको सबैको साझा पहल हुन आवश्यक

AuthorAP Khabar२०७५ भाद्र ५, मंगलबार (५ साल अघि) ५४५ पाठक संख्या

सिमरा : पर्सा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत यसवराज रेग्मीले बन र बन्यजन्तुको संरक्षणको लागीको सबैको साझा पहल हुन आवश्यक रहेको बताउनु भएको छ ।
बाराको सिमरा स्थित तराइ यातायात ब्यसायीसंघको सभाहलमा आयोजित जनहित उपभोक्ता समितीको ९ औं साधारण सभा तथा ३ औं अधिवेसन कार्यक्रमलाइ सम्बोधन गर्दै उहांले सो कुरा बताउनु भएको हो ।
बिश्वमै दुर्लभ मानिने वन्यजन्तुहरु नेपालमा रहेको बताउदै त्यसको संरक्षण गर्न सबैको साझा पहल हुन आवश्यक रहेको उहांले बताउनु भयो ।
अधिकृत रेग्मीले जनहित उपभोक्ता समिती लगाएत बन संरक्षणको कार्यमा संलग्न सबैसंग इमान्दारी पुर्वक संरक्षणको कार्यमा लाग्न आग्रह समेत गर्नु भयो ।
जनहित उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनहित उपभोक्ता समितीका संस्थापक अध्यक्ष मधुसुदन सिटौला, तारादल गण आधाभारका गणपति क्यापटेन हरि कार्कि, तराइ यातायात ब्यवसायी संघ सिमराका प्रतिनिधी सुदिप रिमाल, थानिमाइ सामुदायीक बन समुहका अध्यक्ष माधव त्रिपाठी, राधाकृष्ण मध्यवर्ति सामुदायीक बन समुहका अध्यक्ष चोला बहादुर पण्डित, मुसहर्नीमाइ मध्यवर्ती सामुदायीक बन समुहका अध्यक्ष मेघनाथ सुवेदि, जनजागरण मध्यवर्ति सामुदायीक बन समुहका अध्यक्ष फजलेहक अंसारी, भिमेश्वर मध्यवर्ति सामुदायीक बन समुहका अध्यक्ष पेशल कुमार मुल्मी, प्रभातफेरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नविन्द्र बहादुर थापा, जनहित जोरीशिकारी नियन्त्रण युवा उप समितीका उपाध्यक्ष इन्दु सापकोटा, क्युपेक नेपालका अध्यक्ष भरत लौडारीले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा सिमरा उच्च माविका +२ तर्फ छात्र मनिष अधिकारी र छात्रा चञ्चला अधिकारी, पथलैया उच्च माविका एस.एल.सि तर्फ आशिक गोले, प्रिति मण्डललाइ सम्मान गरीएको थियो । त्यस्तै हेरालु तर्फ मान बहादुर श्रेष्ठलाई, बचत समुह तर्फ सुनगाभा पुरुष बचत समुह, फुलबारी महिला बचत समुह (क), सागरमाथा पुरुष बचत समुह, मख्मली महिला बचत समुहका साथै ब्यक्तिगत मेघनाथ सुवेदीलाइ समितीले सम्मान गरेको छ ।
अनिता लम्साल अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा सुमित्रा कार्किले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस