आज:  २०७९ आश्विन ९, आईतबार | Sun, 25, Sep, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

जैविक उर्जा मार्फत आत्मनिर्भर बन जरुरी

AuthorAP Khabar२०७५ भाद्र ५, मंगलबार (४ साल अघि) ७४५ पाठक संख्या

                                                                   संबाद
कुशल ब्यवसायी परामर्श तथा तालिम केन्द्र प्रा.ली. निजगढका कार्यक्रम ब्यवस्थापक दिप नारायण रायको जन्म वि.स. २०४२ सालमा फतेपुर गा.वि.स ८ खैरवामा भएको हो ।
शिक्षा संकायमा स्नातक गरेका उनि हाल आर्थिक विपन्नताको रेखामा दबिएर बसेका वर्गको आर्थिक उन्नतीका निम्ति कार्य गर्दै आएका छन् ।
शिक्षा क्षेत्रलाइ मुख्य पेशा बनाउने मानसिक्ता बोकेर अगाडी बढेका उनले नेपाल सरकारले विद्यालयमा अनुदान स्वरुप करिब ५ वर्ष शिक्षण पेशामा रहेर समाजलाइ सेवा गरेका थिए ।
पि.सि.एफ. अनुदानमा कार्य गर्दा ५ हजार तलब पाउदा आफ्नो खाना र खाजा खर्च समेत नपुग्ने भएपछि सहायक पेशाको रुपमा कुनै काम गर्ने मानसिक्ता मनाइ उनले चार जना मिलेर कुशल ब्यवसायी परामर्श केन्द्रको स्थापन गर्ने सोच बनेको बताए ।
वि.स. २०६२ सालमा चार जना साथीको सहयोगमा उनले कुशल ब्यवसायी परामर्श केन्द्रको स्थापना गरे । केन्द्रको स्थापनसंगै इलम हेल्बेटाससंगको सहकार्यमा काम गर्ने सिलसिला बढाएर उनले शिक्षण पेशालाइ पुर्ण रुपमा पुर्ण विराम दिए ।
केन्द्रमा गरीएको मेहनतले यसलाइ २०६५ सालमा कम्पनि रजिस्टारमा दर्ता गरी कुशल ब्यवसायी परामर्श केन्द्रलाइ कुशल ब्यवसायी परामर्श तथा तालिम केन्द्र प्रा.ली.को रुपमा विस्तार गर्दै २०६५–६७ साल सम्म इलमको सहकार्यमा काम गरे । र त्यसपछि नेपाल सरकारले यसलाइ आफै कार्यगर्ने इजाजत दियो ।
हाल उनि आबद्ध यस संस्थाले बारा, पर्सा, मकवानपुर लगाएत अन्य जिल्लाहरुमा बनमा रहेको बनमाराबाट चारकोले उत्पादनको सम्भावना र सरोकारवालालाइ साक्षर बनाउन जैविक उर्जा परियोजना काठमाडौंसंग सहकार्य गरेर कार्य गर्दै आएका छन् ।
वाहासंग जैविक उर्जा र चारकोलको विषयमा कृपा दैनिकको लागी अनिल तिवारीले गरेको कुराकानिको सारसंक्षेप :
१. यो कुशल ब्यवसायी परामर्श तथा तालिम केन्द्र प्रा.ली. को सोच कसरी आयो ?
इलम हेल्बटासले यस क्षेत्रमा काम गर्न थालेपछि हामि यस क्षेत्रमा प्रवेश गरेका हौं । शुरुमा इलम सहरि क्षेत्रमा मात्र सिमित थियो । तर कार्य संचालनको क्रममा इलमले ग्रमीण भेगमा आफ्नो कार्य विस्तार गर्ने सोच बनाएपछि २०६५ सालमा थप बजार विस्तार गर्न कान्तिपुर पत्रिकामा सहायक सस्थाको लागी माग गरेपछि हामीले जितपुर रोज्यौं । त्यसको लगाी हामीले त्यो समयमापनि प्रतिसप्रद्धा गर्नु परेको थियो । र हामीले जितपुरकोलागी पहिलो पटक सफल्ता हासिल ग¥यो । यसरी यस क्षेत्रमा हाम्रो प्रवेस भएको हो ।
२. यस सस्थाको मुख्य उद्वेश्य के हो ?
यो एउटा पुर्ण सेवा प्रदायक सस्था हो । विभिन्न किसिमको ब्यवसायीक परामर्श, तालिम, अनुसन्धान र प्रविधिको विकास गर्नु नै यसको मुख्य उद्वेश्य हो । खास गरी जैविक उर्जाको उत्पादन तथा औद्योगिक उपभोगको प्रवद्र्वका माध्यमबाट स्थानिय स्तरमा रोजगारी अभिबृद्धि र हरित गृह ग्यासको उत्सर्जनमा कमि ल्याउदै गरिबी न्युनीकरणको राष्ट्रिय लक्ष्यमा योगदान पु¥याउनु पनि यसको मुख्य उद्वेश्य अन्तरगत पर्दछ ।
३.यस सस्थको मुख्य लक्षित वर्ग कुन हो ? त्यस वर्गका निम्ति यस सस्थाले कस्ता कस्ता कार्यहरु गर्दै आएको छ ।
मुख्य गरी दलित, आदिवासि जनजाति, महिला र मुख्य गरी पिछडीया तथा गरीबिको रेखा मुनि रहेको वर्गनै यस सस्थाको लक्षित वर्गमा पर्छन् । आफ्नो लक्षित वर्गका निम्ति गर्ने कार्यहरुको लागी यस सस्थाले कुनैपनि प्रकारको सहयोग संबन्धित ब्यक्तिसंग लिने गर्दैन् । खास गरी यो सस्थाले सिटियी भिटीबाट १७ ओटा विषयमा अनुमति आएको छ त्यहि अनुमतिको अधिनमा रहेको हामीले काम गर्छौ ।
हामीले विभिन्न कार्य गर्न सुरुमा सिप मुलक तालिम दिने गर्छाै जसको प्रमाण पत्र सिटियी भिटीले क्षमता अनुसार छनैटगरी दिने गर्छन् । जसले उनिहरुलाइ स्वरोजगार बनाउछ ।
४. हाल सम्म यस सस्थाले कस्ता खालका सिप विकास सम्बन्धि तालिमहरु दिएको छ ?
खासगरी हामीले तिन महिनको तालिम दिने गर्छाै र सिप विकासको क्षेत्रमा उस सस्थाले कुखुरा पालन, सिलाइ कटाइ सम्बन्धि तालिम, तरकारी खेति, पल्मबरको काम, ब्युटिसियन लगायतका १७ ओटा विषयमा तालिम दिएका छौं । हामीले दिएको तालिममा हाल सम्म प्रत्यक्ष रुपमा २३ सय जना युवायुवतिहरु सहभागी रहेको पाइन्छ । गाउं घरमा गरिबीको रेखा मुनि परेका परिवारका युवा युवतिहरु काम नपाएर कि विदेश जाने कि गांउमा हलिएर बसेका अवस्थाबाट आफ्नै गाउं घरमा केहि गर्न सक्ने बनाउन यो तालिमले मुख्य भुमीका निर्वाह गरेको छ ।
५. अहिले तपाइहरु जैविक उर्जा परियोजनको सहकार्यमा काम गर्दै आउनु भएको छ । यस परियोजनाले के गर्छ ?
उर्जाका विभिन्न क्षेत्रहरु छन् । तर हामीसंग हाल बनबाट उर्जाको स्रोत निकाल्ने गरी सहकार्य भएको छ । बनमा विभिन्न बनमारा अर्थात मिचहा प्रबृतिका विरुवाहरु छन् जुन बनको विकास गर्न असहयोग गर्ने गर्दछ । त्यही काम नलाग्ने बनमाराबाट उर्जा निकाल्ने काम यस परियोजनाले गर्छ ।
६. तपाइले बनमारा अर्थात बन मिचहाको कुरा निकाल्नु भयो । यो मिचहा भनेको के हो र यसबाट उर्जा कसरी निकाल्न सकिन्छ ?
बनमा रहेका ठुला रुखहरुबाट खसेका विउहरुलाइ जमिन सम्म पुग्न नदिने र उम्रन लागेका विरुवाहरुलाइ चाहिने आहार आफै लिने तर भाडी बनेर बस्ने प्रजातिका झारपाल तथा बोटलाइ बनमारा (मिचहा) भन्ने गरीन्छ । हाल नेपाल सरकारले बन संरक्षण गर्न लाखौ खर्च गरेर वर्षेनि बनमा रहेको मिचहा जातलाइ निकाल्ने गरेको छ ।
बनमा रहेको मिचहा निकाल्न सरकारले एका तिर लाखौ खर्च गर्दै छ भने अर्काे तिर यस परियोजनाले त्यहि मिचहा प्रजातिबाट उर्जा निकालि आम्दानि गर्ने तरीका ल्याएको छ । हामीले बनमारा(मिचहा) बाट चारकोल बनाउने र त्यसबाट बनमा आश्रीत रहेका ब्यक्तिको आय श्रोत बढाउने र बन संरक्षण गर्ने कुरा गरी रहेको छौं ।
७. यो चारकोल भनेको के हो ? यसबाट कसरी बन संरक्षण हुन्छ ?
अहिले नेपाल सरकारले विभिन्न सामुदायीक तथा साझेदारी बनको माध्यमबाट बनमा रहेको झाडी हटाउन लाखौ खर्च गरीरहेको छ । तर त्यही झाडीलाइ भट्टीमा राखेर जलाउने अर्थात च्यारीङ्ग गर्ने र च्यारीङ्ग पछि त्यसबाट निस्केको कोइलालाइ कोल भन्निछ । अर्थात च्यारीङ्ग गरेर निकालीएको कोल लाइ चारकोल भनिन्छ ।
चारकोल बनाउन झाडी नै चाहिन्छ । यसमा झाडी बाहेक बोटविरुवा राखेर च्यारीङ्ग गरेको खण्डमा कोल निस्कने कोलको मात्रा ३ गुनणाले काम हुन्छ । त्यसैले यसको ब्यवसाय सञ्चालन गर्नेहरुले मात्र झाडी फाड्ने काम गर्छन् । झाडी फाड्नु भन्दा पहिला उपभोक्तालाइ तालिम दिनुपर्छ । र सरकारले लाखौं खर्च गरेर बन सफा गर्न लगाउने काम अब आयश्रोत बन्न जान्छ ।
८. चारकोल कसरि बनाउने र यसको ब्यवसाय सञ्चालन गर्न कति खर्च लाग्छ ?
चारकोलको ब्यवसाय सञ्चालन गर्न सुरुमा लगभग ५५ हजारको खर्च लाग्थ्यो तर अब बढिमा २५ हजार लाग्छ । हामीले स्थानिय स्तरमा तालिम दिएर भट्टि बनाउने कामको थालनी गरेपछि लागत आधामा झरेको हो ।
चारकोल बनाउन एउटा भट्टि र दुइ देखि तिन जना सम्म काम गर्ने ब्यक्ति चाहिन्छ । एक दिनमा करिब सय किलो चारकोल तैयार पार्न सकिन्छ ।
चारकोल बनाउन भट्टिमा झारपात राखेर आगो लगाइन्छ र बन्द गरेर चिम्निको माध्यमबाट त्यसमा भएका भोलाटाइन, धुवाका कणहरु र पानिको मात्रालाइ माथि उडाइन्छ । यी सब कुराहरु बाहिर निकालेपछि चारकोलमा बल्ने कुरामात्र संचयभ भएर बस्छ । जसलाइ हामीले चारकोल भन्दछौं । एक पल्ट भट्टिमा राखेको झारी एक दिनमा चारकोलको रुपमा तैयार हुन्छ ।
यो कोइलामा पत्थर कोइलाको तुलनमा बढि हिटिङ्ग पावर भएको हुने अरु देशबाट आयात हुदै आएको कोइलाको प्रयोग कम हुन्छ । जसबाट हाम्रो परनिर्भरता घटानमा समेत योगदान पु¥याउछ । हाम्रो तथ्याङ्गले यो ब्यवसाय गरेको ठाउमा डढेलो कम मात्रामा लागेको तथ्याङ्ग देखाएको छ ।
९. चारकोल उत्पादनका कुरा प्रत्यक्ष बनसंग सम्बन्धित भएकोले यो कार्यलाइ समुदायमा स्थापित गर्न तपाइहरुलाइ कतिको चुनौति पुर्ण लाग्छ ?
हो यो कार्य एकदमै चुनौति पुर्ण छ । तर यसले राज्यका साथसाथै बनमा आश्रीत विपन्न समुयदायको आयश्रोत बृद्वी गर्न सहयोग गर्ने भएकोले सबैतिरबाट हामीलाइ सहयोग हुदै आएको छ । कुनै पनि काम गर्न समय लाग्छ । बारा जिल्लामा बन कार्यलयले यसलाइ सकारात्मक तरीकाले हेर्नु भएको छ । अरु ठाउंबाट समेत यसको बारेमा सकारात्मक प्रतिक्रिया आउदै छ । काम गाहा्रे भएपनि सहजताका साथ गर्दै जानु पर्छ । यस वर्ष हामीले यस जिल्लाबाट करिब १ हजार टन उत्पादन गर्ने अनुमान गरेका छौ । र सायद अहिलेको वातावरण अनुसार सफल हुन्छौ ।
अन्त्यमा, यस यस पत्रिका मार्फत यस बारेमा के सन्देश दिन चाहनुहुन्छ ?

यस जिल्लामा रहेका सामुदायीक तथा साझेदारी बनसंग सम्बन्धित सदस्यहरुले चारकोल उत्पादन गरेर आर्थीक उन्नती गर्न जरुरी रहेकोले यस कार्यमा अगाडी बढन म सबैमा अपिल गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस