आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

बसको ठक्करबाट बालिकाको मृत्यु

AuthorAP Khabar२०७५ भाद्र २३, शनिबार (५ साल अघि) ४५९ पाठक संख्या

तिवारी यादब

पर्सा,२३ भदौ : पर्साको धोबनी गाउँपालिकामा आज यात्रुबाहक बसले ठक्कर दिँदा एक तीन वर्षीया बालिकाको मृत्यु भएको छ । पर्साको ठोरीबाट वीरगञ्जतर्फ आउँदै गरेको ना७ख ७७१९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा गाउँपालिका–२ निवासी रामेश साहकी छोरी प्रिती साहको मृत्यु भएको हो ।

घर अगाडिको सडक पार गर्ने क्रममा बसले प्रितीलाई ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । उहाँले बालिकालाई ठेक्कर दिने बस र त्यसका चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस