आज:  २०८० जेष्ठ २६, शुक्रबार | Fri, 09, Jun, 2023
FLASH NEWS

रक्तदानले भेदभाव अन्त्य गर्ने :मेयर सरावगी

AuthorAP Khabar२०७५ भाद्र २३, शनिबार (४ साल अघि) ४१७ पाठक संख्या

जीतपुर २३ भाद्र :
युवा स.शक्तिकरण बिकास संघ पर्साको आयोजनामा टेडामा भएको रक्तदान कार्यक्रममा तीन महिला सहित ६४ जनाले रक्तदान गरेका छन् । बिरगंज महानगरपालिका वर्डा नं.३२ स्थित श्रीमती मन मिश्रा माध्यमिक बिद्यालय टेडामा भएको कार्यक्रमको उदघाटन बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले गरेका थिए ।
मेयर सरावगीले रक्तदानले समाजमा रहेका हरेक धर्म ,जातजाती ,भाषाभाषी ,लिङ समुदायको मानिसहरुमा सहिष्णुता कायम गरी , हामी एक हौँ भन्ने सन्देश दिइरहेको बताए ।
बिरामी भई रक्तअल्पता भएको समयमा रक्तसञ्चार केन्द्रले उपलब्ध गराएको रगत एक धर्मसमुदायले दान गरेको रगत अर्को धर्म समुदायको ब्यक्तिकोलागि प्राण रक्षक हुने गरेको बताए ।
बिरगंज महानगरपालिकालाई आफुले एक सभ्य र सफल महानगरपालिकको रुपमा बिकास गर्न चाहेको जसमा सबैले साथ दिनुपर्नेमा जोड दिए ।
युवा स.शक्तिकरणका बिकास संघका कोषाध्यक्ष जाबेद अंसारीले संघका उदेश्य र महत्वको बिषयमा प्रकास पार्नुभएको थियो । संघका अध्यक्ष शरिफ मियाको अध्यक्षतामा भएको कार्यक्रममा वर्डा नं.३२ का वर्डा अध्यक्ष रेयाज मिया ,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष मनोज साह ,नेपाल कम्युनिष्ट पार्टीका जुमादिन अंसारी लगायतले रक्तदान गर्नुपर्ने मनत्बय राखेका थिए ।

प्रतिक्रिया दिनुहोस