आज:  २०७९ चैत्र १८, शनिबार | Sat, 01, Apr, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

अनेम संघ र अनेमसंघ क्रान्तिकारीद्धारा सिमरामा संयुक्तरुपमा तिज बिशेष कार्यक्रमको आयोजना

AuthorAP Khabar२०७५ भाद्र २३, शनिबार (४ साल अघि) ५२८ पाठक संख्या

सिमरा, २३ भाद्र
प्रदेस सभा सदस्य सिता गुरुङ्गले बाम संगठनमा लागेका महिलाहरुले समाज परिर्वनको जीमेवारी लिनुपर्ने कुरामा जोड दिनुभएको छ । बाराको सिमरामा शनिवार आयोजित सास्कृतीक रुपान्तरण बिषयक तिज बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहांले नेपालमा सकारात्मक परिवर्तनको संवाहक बाम शक्ति रहेकोले बाममा आवद्व महिलाहरुले समाजमा परिवर्तनको जीमेवारी लिएर अगाडी बढनुपर्ने कुरामा जोड दिनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका उहांले तिजको दरखाने कार्यको नाममा महिलाहरुमा विकृति भित्रन थालेको बताउदै स्टारवाला होटलमा खाएर मनाएको तिज भन्दा गीट्टि कुटेर खाने महिलालाई सहयोग गरी उनिहरुको जीवन स्तर उकास्ने काम गर्दा तिजको अर्थ आरथक हुने बताउनुभयो ।
यसैगरी सास्कृतीक रुपान्तरण बिषयक तिज बिशेष कार्यक्रममा बोल्दै प्रदेस सभाका सदस्य सुन्दर बिकले महिलाहरु एकजुट भएर सांस्कृतीक रुपान्तरणका लागि अघि बढनु पर्ने बताउनु भयो । उहांले समाजमा बढदै गएको महिला हिंसा अन्त्य गर्न र सबैखालेका बिभेद समाप्त गर्न सबैको सहयोग हुनु पर्ने दाबि समेत गर्नु भयो ।
कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल ,उपप्रमुख सरस्वती चौधरी, रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेल, शिला खनाल, गिता पौडेल लगायत ठुलो संख्यामा महिलाहरुको उपस्थिती रहेको थियो ।
शोभा कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोपिला सिम्खडाको सहजिकरण रहेको थियो । कार्यक्रममा महिलाहरुले नाच गान गरेर रमाइलो समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस