आज:  २०८० मंसिर १४, बिहिबार | Thu, 30, Nov, 2023
FLASH NEWS

दुवै मृगौला फेल भएर उपचार गराईरहनुभएका अधिकारीलाई युथ अफ निजगढद्वारा आर्थिक सहयोग

AuthorAP Khabar२०७५ भाद्र ३०, शनिबार (५ साल अघि) ५९७ पाठक संख्या

मनिता पाण्डे

निजगढ ३० भाद्र  : विगत आठ वर्षदेखि दुवै मृगौला फेल भएर उपचार गराईरहनुभएका निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोलका ४७ वर्षीय बाशु अधिकारीलाई युथ अफ निजगढले शनिबार आर्थिक रकम सहयोग गरेको छ । शनिबार बिहान उनकै निवाश निजगढ सडकटोलमा पुगी क्लवका अन्य सदस्यहरु सहित अध्यक्ष उत्सव श्रेष्ठले पिडित अधिकारीका छोरा सुवर्ण अधिकारिलाई नगद दश हजार रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो ।

पिडितको उपचारमा थोरै मात्र भएपनि सहयोग होस् भन्ने धारणाले सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अधिकारीको उपचारमा हालसम्म सोर्ह लाख रुपैया खर्च भईसकेको र अझै पन्ध्र लाख रुपैया लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएको पिडित अधिकारीका छोरा सुवर्ण अधिकारीले जानकारी दिनुभयो ।

विगत आठ वर्षदेखि दुवै मृगौला फेल भएर उपचार गराईरहनुभएका निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोलका ४७ वर्षीय बाशु अधिकारीलाई युथ अफ निजगढले शनिबार आर्थिक रकम सहयोग गरेको छ । पिडितको उपचारमा थोरै मात्र भएपनि सहयोग होस् भन्ने धारणाले सहयोग गरेको अध्यक्ष उत्सव श्रेष्ठले बताउनुभयो ।

अधिकारीको किड्नी प्रत्यारोपण गर्न लागिएको सुवर्णले बताउनुभयो । पीडितका छोरा सुवर्णले बुवाको उपचारमा आर्थिक अभाव भएकाले सहयोग गरिदिनकालागि सम्पूर्णमा आग्रह समेत गर्नुभयो । सहयोग कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष कुश वहादुर थापा,युथ अफ निजगढका सल्लाहकारहरु भाईकाजि श्रेष्ठ र जितलाल श्रेष्ठ,पुर्व अध्यक्षहरु खड्गराज मैनाली र राजन श्रेष्ठ,उपाध्यक्ष सागर तामाङ,महासचिव गंगा श्रेष्ठ र कोषाध्यक्ष मुना बुढाथोकी लगायत क्लवका अन्य पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष थापाले वडा समितिबाट पनि पिडित अधिकारीलाई सहयोग गर्ने विषयमा छलफल चलिरहेको र समितिको निर्णयबाट आवश्यक सहयोग गर्ने बताउनुभयो । पिडितलाई यसअघि निजगढका बिभिन्न बिध्यालय र संघ संस्थाहरुले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस