आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

एउटै जग्गा दुइजना व्यक्तिको नाममा दर्ता स्थानीयहरू आन्दोलित

AuthorAP Khabar२०७५ भाद्र ३१, आईतबार (५ साल अघि) ४९८ पाठक संख्या

मनिता पाण्डे, निजगढ, ३१ भदौ : एउटै जग्गा दुइजना व्यक्तिको नाममा दर्ता भएपछी निजगढका स्थानीयहरू आन्दोलित बनेकाछन । मालपोतका कर्मचारीहरुको मिलेमतोका कारण यसरि एक व्यक्तिको नाममा रहेको जग्गा अर्को व्यक्तिको नाममा पनि दर्ता भएको स्थानीयको दाबि रहेकोछ ।

निजगढ नगरपालिका वडा नम्बर ९ का लालबहादुर श्रेष्ठको नाममा दर्ता भएको निजगढ ९ ग को खालि कित्ता नम्बर १० को १ बिगाहा ९ कठ्ठा ८ धुर मध्ये श्रेष्ठको नाममा धनीपुर्जा रहेको ९ कठ्ठा ८ धुर जमिन काठमाडौं बस्दै आएका प्रेमबहादुर थापा मगरले दर्ता गरेर धनी पुर्जा बनाएको पाईएपछि श्रेष्ठ सहित स्थानीयले आवश्यक कानुनि पक्रियाकासाथ सक्कली जग्गावालाको नाममा जग्गाधनी प्रमाण पुर्जा कायम गराईदिन नगरपालिकामा ताकेता गरेकाथिए ।

एउटै जग्गा दुइजना व्यक्तिको नाममा दर्ता स्थानीयहरू आन्दोलित

यसरि एउटा व्यक्तिको नाममा रहेको जग्गा अरुकै नाममा आएपछि जग्गाको रक्षा गर्न माग गर्दै स्थानीय सरोकार समितिको नाममा स्थानीय वाशिहरुले आईतबार आज नगरपालिकामा नारा जुलुस सहित आन्दोलन गरेकाछन । सरोकार समितिले दुषित लालपुर्जा खारेज गर, सुकुम्बासी आयोग प्रमाणपुर्जा कायम गर, भूमाफियालाई कारवाही गर, जोतभोगको आधारमा लालपुर्जा देऊ जस्ता नारा र प्लेकार्ड सहित नगरपालिकामा धर्ना दिन पुगेकाथिए ।

नगरपालिकामा पुगेका स्थानीय सरोकार समितिका सदस्यहरुसंग कुराकानी गर्नुहुँदै नगर प्रमुख सुरेश कुमार खनालले घटना सार्वजनिक भएलगत्तै नगरपालिकाले जग्गा रोक्का गर्न लगाएको र जग्गाको श्रेस्ता उतारेर छानबिन गर्न प्रक्रिया अघि बढाईने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस