आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

मकालु साबुन कारखानामा आगलागी

AuthorAP Khabar२०७५ आश्विन १, सोमबार (५ साल अघि) ४६८ पाठक संख्या

वीरगन्ज पथलैया औद्योगिक करीडोमा रहेको मकालु शोप एण्ड केमिकल इण्डस्ट्रिजमा सोमवार बिहान ठुलो आगलगी भएको छ। आगलगीमा उद्योगको संरचना, तयारी उत्पादन र कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरिक्षक सुवास हमालले बिहान करिव ७ बजे तिर लागेको र आगो २ घण्टा पछि निन्त्रणमा आएको जानकारी दिनुभएको छ । चार वटा बारुणयन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र उद्योगका कर्मचारीले आगो नियन्त्रणमा आगोलाई नियन्त्रणमा लिएको हमालले बताउनुभएको छ । वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका र नेपाल आयल निगमका गरी चारवटा दमकलको मद्दतले आगो नियन्त्रणमा आएको हो।

विधुत सर्ट भएर आगलागि भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागिमा साबुन बनाउन प्रयोग हुने तेल, केमिकल र प्याकिङ्गका लागि राखिएका कार्टुन जलेर पुर्ण रुपमा नष्ट भएको छ ।

आगलागीबाट उद्योगमा लगभग ५ करोड बरावरको क्षति भएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरिक्षक हमाललेबताउनुभएको छ ।। प्रहरीले क्षतिको विवरण संकलन गर्नुका साथै आगलागीको कारणबारे अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस