आज:  २०७९ चैत्र १९, आईतबार | Sun, 02, Apr, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

हेटैडामा बन हेरालुका लागि एन्ड्रोएड बेस मोवाईल ट्रयाकिङ्ग एप्लिकेसन तालिम सम्पन्न

AuthorAP Khabar२०७५ आश्विन १, सोमबार (४ साल अघि) ६६१ पाठक संख्या

हेटौडा १ असोज : मकवानपुरको हेटैडामा दुई दिने बन तथा बन्यजन्तु हेरालुहरुका लागि एन्ड्रोएड बेस मोवाईल ट्रयाकिङ्ग एप्लिकेसन तालिम सम्पन्न भएको छ । तराई भुपरिधि कार्यक्रम (ताल) को आयोजनामा यो तालिम सम्पन्न भएको हो ।
तालिममा बन हेरादुहरुलाई बन र बन्यजन्तुको संरक्षणमा एन्ड्रोएड बेस मोवाईल ट्रयाकिङ्ग एप्लिकेसनको फाईदा र त्यसको प्रयोगको बारेमा जानकारी गराईएको थियो । एप्लिकेसनको बारेमा नेपाली सेनाका आईटि अफिसर रविन्द्र खड्काले जानकारी दिनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादबले बन र बनजन्तुको संरक्षणमा लाग्नुका कारण र त्यसबाट मानव जिवनमा हुने फाईदाका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर गगन शर्मा, wwf का पुष्प पाण्डे, तराई भुपरिधि कार्यक्रमका बेदहरी दहाल, मध्यवर्ति क्षेत्र बन ब्यवस्थापन समितिका क्रमचारी रामप्रसाद अधिकारी लगाएत ३० जना बन हेरालुहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस