आज:  २०७९ चैत्र १८, शनिबार | Sat, 01, Apr, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

संबिधान दिवसको अवसरमा जीतपुरसिमरा उप–महानगरपालिकाद्वारा प्रभातफेरी

AuthorAP Khabar२०७५ आश्विन ३, बुधबार (४ साल अघि) ५४८ पाठक संख्या

जीतपुर,३ भाद्र : संबिधान दिवसको अवसरमा जीतपुरसिमरा उप–महानगरपालिकाले आज बिहान प्रभातफेरी गरेको छ । उप–महानगरपालिकाको कार्यालयबाट निस्किएका प्रभातफेरीले जीतपुर बजार परिक्रमा गरेको थियो ।

प्रभातफेरी पछि आयोजित कोणसभालाई जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाले जनताको ७० वर्ष भन्दा लामो प्रतिक्षा र पटक पटकको संघर्षपछि जारी भएको संबिधान उपलब्धिमुलक रहेको बताउनुभयो ।

कोणसभामा ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख बिशेश्वर रेग्मि, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साह, बरिष्ठ उपाध्यक्ष मोहन शर्मा, औद्योगिक सुरक्षा गुल्म औराहका गुल्मपति गौतम राज कुवर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस