आज:  २०७९ चैत्र १०, शुक्रबार | Fri, 24, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

श्री गणेश चतुर्ती महोत्सव सम्पन्न

AuthorAP Khabar२०७५ आश्विन ३, बुधबार (४ साल अघि) ८१२ पाठक संख्या
श्याम गुप्ता
बारा , ३ असोज
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुर , परवानीपुर बजारमा गणेश चतुर्थीको शुभ अवसरमा आयोजना गरिएको गणेश चतुर्थी महोत्सव मेला बुधवार गणपत्ति बपा मोरिया ! मंगल मुर्ति मोरिया ! भन्ने मूल मन्त्रका साथ गणेश भगवानको प्रतिमूर्तीलाई खोलामा सेलाएर सम्पन्न गरिएको छ ।
श्री सिद्धिविनायक पूजा समिति जीतपुरको आयोजनामा जीतपुर स्थित गौशालाको फिल्डमा आयोजना गरिएको महोत्सवमा राखिएको गणेश भगवानको प्रतिमूर्तीलाई बागमति खोलामा , गणेश पूजा समिति परवानीपुरले देवघाटमा पूजा महोत्सव मेलाको प्रतिमूर्तीलाई नगर परिक्रमा गरि सेलाएर ७ दिने पूजा महोत्सवको बिसर्जन गरिएको हो ।
श्री सिद्धिविनायक पूजा समितिका अध्यक्ष मनोहर साह सोनारको सभापतित्वमा भदौ २८ गते देखि जीतपुरमा सुरु गरिएको गणेश चतुर्थी महोत्सव मेला बुधवार समापन गरि बाजा–गाजा तथा नाँच–गाँनका साथ पूजा स्थलबाट निकालिएको बिसर्जन यात्रा जीतपुर स्थित केराढोका , मुख्य सड्क हुँदै गुदरी बजार , टेंढारोड् , पहाड्टिोल लगायतको बिभिन्न स्थानमा यात्रा पुरा गरी सर्लाहीको बागमती खोलामा श्री गणेश भगवानको प्रति मुर्तीलाई डुबाएर बिसर्जन गरिएको समितिका सचिव श्रीराम साह कानुले जानकारी दिएका छन् ।
बिसर्जन यात्रामा जीतपुर र सिमराका सयौंको संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो ।
यता जीतपुरमा श्री गणेश भगवानलाई चढाईएको दुई सय २१ किलोको लड्डुलाई फोडेर जीतपुर देखि सिमरा , पथलैया , निजगढ र सर्लाही सम्मका श्रद्धालुहरुलाई प्रशाद स्वरुप बितरण गरिएको समितिका अध्यक्ष मनोहर साह सोनारले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस