आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

लियो क्लब अफ वीरगंज द्धारा अनाथ आश्रममा खाने समाग्री वितरण

AuthorAP Khabar२०७५ आश्विन ६, शनिबार (४ साल अघि) ४८० पाठक संख्या

तिवारी यादब
विरगंज,६ असोज : लियो क्लब अफ वीरगंजले अनाथ आश्रममा खाने समाग्री वितरण गरेर हंगर रिलीफ कार्यक्रम शनिबार मनाएको छ । वीरगंज महानगरपालिका १० बजरंग टोलमा रहेको आमाको माया छात्र बास अनाथ आश्रममा रहेका २५ जना छात्रलाई चामल ,दाल,जुस सागसब्जी र फलफुल लगायतको समाग्री वितरण गरेर हंगर रिलीफ मनाएको क्लबका अध्यक्ष लियो सिमन गुरुंगले जानकारी दिईन । क्लबले प्रत्येक महिनामा २ वटा नयाँ समाजिक काम गर्ने लक्ष्य लिए अनुसार बिभिन्न खाने समाग्री वितरण गरेर मनाएको क्लबका महम्द साहिदले जानकारी दिए । समाग्री वितरण कार्यक्रममा लायन्स क्लबका अध्यक्ष लायन बलराम श्रेष्ठ, कोषाध्यक्ष राजेश वर्णवाल ,सुमित भांगर, लियो क्लबका रिसभ अग्रवाल,लियो क्लबका सल्लाहकार तिवारी यादव, नाजिया खातुन , समाजिक अभियन्ता देवेश गुप्ताको लगायतकाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस