आज:  २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
FLASH NEWS

कालो दिवसको सामाचार सामाजीक संजालमा सेयर गरेको भन्दै धनुषा जिल्ला अदालतमा कार्यरत एक कर्मचारी निकालिए

AuthorAP Khabar२०७५ आश्विन ७, आईतबार (५ साल अघि) ४९२ पाठक संख्या

प्रमोद कुमार साह, जनकपुरधाम,असोज ७ : असोज ३ गते संविधान दिवसको दिन कालो दिवसको मनाइएको सामाचार समाजिक संजालमा सेयर गरेको भन्दै धनुषा जिल्ला अदालतमा कार्यरत एक महिला कर्मचारीलाई निकालिएको दावी गरिएको छ ।
जिल्ला अदालतको करारमा डिट्ठा पदमा कार्यरत गुन्जन रायलाई असोज ३ गते कालो दिवसको समाचार फेसबुकमा सेयर गरेको भन्दै कामबाट निकालिएको कर्मचारी रायले वताएकि छिन ।

कालो दिवसको सामाचार सामाजीक संजालमा सेयर गरेको भन्दै धनुषा जिल्ला अदालतमा कार्यरत एक कर्मचारी निकालिए

संविधान दिवसको भोली पल्ट अर्थात असोज ४ गते कर्मचारी राय पुग्दा सो सामाचार किन सेयर गरेको भन्दै सोधपुछ गरिएको थियो र असोज ५ गते कामबाट निकालिएको रायले वताईन ।
२०७३ पुस १७ गते देखि जिल्ला अदालत धनुषामा करारमा डिठा पदमा कार्यरत गुञ्जा रायले आफु संग स्पष्टीकरण समेत नसोधेर करारमा रहेको अन्यको म्याद थप गरेको तर आफुलाई थप नगरि संविधान दिवसको विरोध गरेको भन्दै निकालिएको गुनासो गरिन ।

प्रतिक्रिया दिनुहोस