आज:  २०७९ चैत्र १८, शनिबार | Sat, 01, Apr, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

छानविन समितिले निर्मला पन्त हत्याको प्रतिवेदन बुझायो

AuthorAP Khabar२०७५ आश्विन ९, मंगलबार (४ साल अघि) ३५७ पाठक संख्या

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानबिन गर्न गठिन उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव हरि कुमार मैनाली संयोजकत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएको हो ।

छानविन समितिले निर्मला पन्त हत्याको प्रतिवेदन बुझायो

प्रतिवेदन बुझाउँदै संयोजक मैनालीले सो घटनामा प्रहरीबाट भएको कमजोरीबारे गृहमन्त्री थापालाई ‘ब्रिफिङ’ गरेका थिए । प्रतिवेदनमा पन्तका अभियुक्तबारे केही तथ्य छैन, तर शंकित व्यक्तिलाई अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

१० साउनमा पन्तको बलात्कारपछि हत्या भएको थियो । हालसम्म अभियुक्त पक्राउ परेका छैनन् । प्रहरीले स्थानीय युवक दिलिपसिंह बिष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपछि नक्कली अभियुक्त खडा गरिएको भन्दै आन्दोलन चर्किएका कारण छानबिन समिति बनेको थियो ।

समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका डिआइजी तथा प्रदेश नम्बर ७ का उपसचिव वीरेन्द्र केसी सदस्य थिए । २ महिना बित्दा पनि निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेको पत्तो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस