आज:  २०७९ श्रावण २८, शनिबार | Sat, 13, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा पर्यटन दिवसको रौनक , यात्रु स्वागत भब्य गर्ने तयारी

AuthorAP Khabar२०७५ आश्विन १०, बुधबार (३ साल अघि) २७२ पाठक संख्या

सिमरा, १० असोज : होटल ब्यवसायी संघ बाराले बिहिवार सिमरा बिमानस्थलमा पहिलो बिमानका सम्पुर्ण यात्रुहरुलाई भब्य स्वागत गर्ने भएको छ । ३९ औ“ बिश्व पर्यटन दिवसको अवसर पारेर ३ दिन सम्म गरीने विभिन्न कार्यक्रम मध्ये होटल तथा पर्यटन व्यवसायी संघ बाराले पहिलो दिन सिमरा बिमानस्थलमा पहिलो बिमानका सम्पुर्ण यात्रुहरुलाई भब्य स्वागत गर्ने भएको हो ।
३ दिने कार्यक्रम सार्वजनीक गर्दे संघ बाराले भोलि पहिलो दिन दिवसको अवसरमा सिमरा बिमानस्थलमा यात्रु स्वागत गर्ने जनाएको छ । काठमाण्डौबाट हवाई यात्रा गरेर सिमरा आउने पहिलो बिमानका सम्पुर्ण यात्रुहरुलाई संघ बाराले भोलि स्वागत गर्न लागेको हो ।
पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्र बिन्दु बनाएर पर्यटन प्रवद्र्धन अभियानमा लागेको संघ बाराले सिमरा आउने सम्पुर्ण यात्रुलाई भोलि बिहान स्वागत गर्न लागेको होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो ।
दिवसको अवसरमा संघ बाराले शुक्रवार पर्यटन प्रवद्र्धनमा युवाहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम गर्न लागेको हो । यस्तै दिवसको अवसरमा संघ बाराले १३ गते साईकलिङ कार्यक्रम गर्देछ । जीतपुरको गढिमाई मन्दिरबाट शुरु हुने साईकलिङ अमलेखगञ्जको हात्तिसार पुग्ने टुंङिग्नेछ ।

‘पहिलो बिमानमा चढेर सिमरा आउने सम्पुर्ण यात्रुहरुलाई हामी भोलि भब्य रुपमा स्वागत गदैर्छौ, यसले पर्यटन प्रवद्र्धनमा ठुलो भुमिका खेल्नेमा हामी बिश्वस्त छौ’

सिमरा बजारमा असोज २७, २८ र २९ गते हुन लागेको दोश्रो बारा खाना तथा देशै महोत्सव २०७५ लाई सफल बनाउने उदेश्यसहित भोलिदेखि शुरु गर्न लागिएको ३ दिने बिशेष कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको होटल तथा पर्यटन व्यवसायी संघ बाराका सञ्चार संयोजक प्रदिप गौतमले जानकारी दिनुभयो ।
३९औ“ बिश्व पर्यटन दिवस भोलि नेपालसहित देशैभर बिभिन्न कार्यक्रम गरि मनाईदैछ ।

प्रतिक्रिया दिनुहोस