आज:  २०७९ श्रावण २९, आईतबार | Sun, 14, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

३९ औं विश्व पर्यटन दिवस, सिमरा बिमानस्थलमा यात्रुलाई गरियो सम्मान

AuthorAP Khabar२०७५ आश्विन ११, बिहिबार (३ साल अघि) ३२९ पाठक संख्या

श्याम गुप्ता
बारा , ११ असोज : काठमाण्डौंबाट सिमरा आउँने पहिलो बिमानका सम्पूर्ण यात्रुहरुलाई बाराको सिमरा बिमानस्थलमा विहिवार सम्मान गरिएको छ ।

३९ औं विश्व पर्यटन दिवसको अवसरमा होटल तथा पर्यटन व्यवसायी संघ बाराले यात्रुहरुलाई स्वागत स्वरुप आज सम्मान गरेको हो ।

पर्यटन दिवसको अवसरमा तीन दिने कार्यक्रम शार्वजनीक गर्दे संघले पहिलो दिन चालक दलका सदस्य सहिँत काठमाण्डौंबाट सिमरा आउँने सम्पूर्ण यात्रुहरुलाई फुल माला र खादा सहिँत सम्मान गरेको हो ।

दिवसको अवसर पारेर पर्यटकीय नगरी सिमरामा संघले सम्मान गर्दा यात्रुहरु निकै हर्षित देखिएका थिए । पर्यटन दिवसको अवसरमा यसरी यात्रुहरुलाई सम्मान गर्नु निकै खुशिको कुरा हुँनुका साथै यसले पर्यटन प्रवद्र्धनमा ठुलो भुमिका खेल्ने यात्रुहरुले बताएका छन् ।

यात्रु सम्मान कार्यक्रम पछि सिमराको एयरर्पोट चोकमा आयोजित कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले बारालाई पर्यटकीय गन्तब्यको रुपमा अघि बढाउँनु पर्ने बताएका छन् ।

कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधि , संघ–संस्थाका व्यक्ति , उद्योगि व्यवसायी , व्यापारी , बुद्धिजिवि , शिक्षक , विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन होटल तथा पर्यटन व्यवसायी संघ बाराका सञ्चार संयोजक प्रदिप गौतमले गरेका थिए ।
यसैबिच , पर्यटन दिवसको अवसरमा संघले शुक्रवार अन्र्तक्रिया कार्यक्रम गर्देछ ।

पर्यटन प्रवद्र्धनमा युवाहरुको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रम बिहान ७ बजे सम्यक होटल सिमरामा आयोजना गर्न लागिएको अध्यक्ष शर्माले जानकारी दिए ।
यस्तै दिवसको अवसरमा संघ बाराले १३ गते साईकलिङ कार्यक्रम गर्देछ ।

जीतपुरको गढीमाई मन्दिरबाट शुरु हुने साईकलिङ अमलेखगंजको हात्तिसार सम्म पुगेर टुंङिग्नेछ । सिमरा बजारमा असोज २७, २८ र २९ गते हुन लागेको दोश्रो बारा खाना तथा देशैं महोत्सव २०७५ लाई सफल बनाउँने उद्देश्य सहिँत संघले आज देखि ३ दिने विशेष कार्यक्रम शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस