आज:  २०७९ चैत्र १०, शुक्रबार | Fri, 24, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

लाखौँ मुल्य बराबरको पटाखा नष्ट

AuthorAP Khabar२०७५ आश्विन ११, बिहिबार (४ साल अघि) ३५८ पाठक संख्या

जलेश्वर, ११ असोज : सशस्त्र प्रहरी बल बोडर आउट पोष्ट जलेश्वरले बरामत गरेको ठुलो परिमाणको विष्फोटक पदार्थ पटाखा नष्ट गरेको छ । बुधवार राती महोत्तरी जलेश्वर नगर पालिका ३ मलिवारा स्थित बोर्डर ईलाकामा चेक जाँच गर्दा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरले करिब एक लाखौ मुल्यको बिष्फोटक पदार्थ पटाखा बरामत गरेको थियो ।
सशस्त्र प्रहरी निरिक्षक अमरराज बरामुको कमाण्डमा गएको टोलीले विष्फोटक जन्य पदार्थ (मुर्गा छाप ग्राउण्ड चक्कर¸ फ्लावर पोट¸ असोक स्पार्क¸ कक्टेल कलर¸ रेड प्रिमियम स्पार्कल¸ नागीन छाप ) नामका पटाखा मरामत गरेको थियो ।
बरामत गरीएको सो पटाखा बिहिवार जलेश्वर भन्सार कार्यालयको प्रतिनिधी नायब सुब्बा सुरेन्द्र प्रसाद मण्डल र नायब सुब्बा रमेश कुमार यादव, प्रहरी चौकी भिठ्ठामोडबाट प्रहरी नायब निरिक्षक रबिन्द्र सिंह लगाएत स्थानिय भद्रभलादमी तथा बुद्धिजिवीहरु एवम संचारकर्मिको सहभागीतामा खाल्डो खनेर नष्ट गरीएको सशस्त्र प्रहरी निरिक्षक बरामुले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस