आज:  २०७९ चैत्र १०, शुक्रबार | Fri, 24, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

गायक रामकृष्ण ढकालको नयाँ गीत ‘चरित्र’ सार्वजनिक

AuthorAP Khabar२०७५ आश्विन १२, शुक्रबार (४ साल अघि) ८०४ पाठक संख्या
आधुनिक गीतका चर्चित तथा स्वरका धनि गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । नेपाली सुगम संगीतका सिद्धहस्त गायक रामकृष्ण ढकाल नयाँ गीत लिएर आफ्ना स्रोता तथा र्दशक माझ आएका छन् ।
“म फूल टीप्न हिंडेको थिएँ, काँडा टिपी फर्की आएँ” बोलको गीत आज सार्वजनिक भएको गायक ढकालका म्यानेजर इन्दीप कोइरालाले  जानकारी दिए । यो गीत मनिष वशिष्ठले लेखेका हुन् भने पुरुषोत्तम सुबेदीले संगीत तथा फणीन्द्र राईको संगीत सम्योजन रहेको छ । माया प्रेमको नियमित विषयलाई भन्दा हाम्रो समाजमा आहिले भएका समुसमाहिक कुरालाई लेखक वशिष्ठले नयाँ पन दिएको भएरनै हामीले यस गीतको नाम ‘चरित्र’ राखेको म्यानेजर कोइरालाले बताए ।
‘हामीले पछील्लो समय लेखक मनिष वशिष्ठको शब्दमा रहेका गीतहरु सार्वजनिक गरिसकेका छौ जस्तै ‘बाटो गल्लीको देवता म छैन मेरो सुनको गजूर’, ‘यस्तो को हौ तिमी’ लगाएतका गीतहरु दर्शक स्व्रताहरुले निकै रुचाउनु भएको छ,’ उनले भने, ‘फरक शैलीका लेखक वशिष्ठको शब्द र गायक रामकृष्ण ढकालको स्वरमा रहेको यो गीतमा पनि दर्शक स्व्रताहरुले अलिकति फरकपन पाउनुहुनेछ ।’
गीतको म्युजिक भिडियोमा गायक रामकृष्ण ढकाल, मोनालिशा शर्मा, बिकास लामिछानेले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन शान थापाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस