आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

जितपुरसिमरा उपमहानरपालिकाद्वारा हनुमान आधुनिक खाद्य उद्योग र कुशुम अायल ईं.प्रालिमा अाज अनुगमन

AuthorAP Khabar२०७५ आश्विन १४, आईतबार (४ साल अघि) ६०० पाठक संख्या
जितपुर, १४ असोज
जितपुरसिमरा उपमहानरपालिकाले हनुमान आधुनिक खाद्य उद्योग र कुशुम अायल ईं.प्रालिमा अाज अनुगमन गर्नु भएको छ । नजिकिदै गरेको चाड  पर्वमा खाद्ध पदार्थमा हुने कालोबजारीलाई ध्यानमा राखि जितपुरसिमरा उपमहानगरपालिकाले अनुगमन गरेको हो ।
उपमहानगरपालिकाका उपप्रमुख सरस्वती चौधरीको नेतृत्वमा गएको टोलिले संचालक विनोद पटवारीको हनुमान आधुनिक खाद्य उद्योग र अरुण चौधरीको कुशुम अायल ईं.प्रालिमा अाज अनुगमन गर्नु भएको हो ।
अनुगमानको क्रममा दुवै उद्योगमा तेल उत्पादन हुने स्थानमा फोर भेटियो उपमहानगरपालिकाका उपप्रमुख चौधरीले जानकारी दिनुभएको छ ।
अनुगमन टोलिमा सशस्त्र प्रहरीबल अौद्योगिक सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरिक्षक गौतमराज कुवर, जिल्ला ट्राफिक बाराका प्रहरी निरीक्षक विकास बम, ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी निरीक्षक सुवाश हमाल, सशस्त्र प्रहरी निरीक्षक प्रकाश पौडेल, नगर उद्योगवाणीज्य संघका कोषाध्यक्ष मनोज गुप्ता लगायतको संचारकर्मिहरुको उपस्थिति रहेको थियो ।
भिडियो सहित

प्रतिक्रिया दिनुहोस