आज:  २०७९ चैत्र १९, आईतबार | Sun, 02, Apr, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

राज्यका सबै तह अपाङ्गमैत्री हुनुपर्ने उपप्रमुख चौधरी

AuthorAP Khabar२०७५ आश्विन १८, बिहिबार (४ साल अघि) ५३७ पाठक संख्या

कलैया, १८ असोज : जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वती चौधरीले राज्यको सबै तहलाई अपाङ्गैत्री बनाउन आवश्यक रहेको बताउनुभएको छ । दलित उत्थान केन्द्र बाराद्वारा बाराको कलैया उपमहानगरपालिका कलैयामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका चौधरीले बारामा रहेका अधिकाशं सरकारी कार्यालय अपाङ्ग मैत्री नभएको प्रति दुःख ब्यत्तक्र गर्दै अब निर्माण हुने भवनका साथै अन्य सबैकुरा अपाङ्ग मैत्री हुनुपर्ने कुरामा जोडदिनुभयो । साथै उहाँले आफ्नो जीतपुरसिमरा उपमहानगरपालिकाका सबै कार्यलयलाई केहि समयभित्र अपाङ्गमैत्री बनाउने जोडदिनुभयो ।
दलित उत्थान केन्द्र बाराका अध्यक्ष हरिशकर रामको सभापतित्वमा सम्मपन्न कार्यक्रममा राजनारायण राम सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा कलैया उपमहानगरपालिका वडा १८ का वडा अध्यक्ष अमिका प्रसाद यादव, जीतपुरसिमरा उपमहानगरपालिका वडा १० का वडा अध्यक्ष सरोज पटेल, नितनपुर आधारमुत विद्यालयका प्रअ प्रभु शर्मा लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
४० जनाको सहभागीता रहेको यस कार्यक्रममा स्वागत मन्तब्य सुनिता यादवले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस