आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

भुटानबिरुद्ध नेपालको शानदार जित

AuthorAP Khabar२०७५ आश्विन २३, मंगलबार (३ साल अघि) ३५३ पाठक संख्या

काठमाडौं, असोज २३ : आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोट खेलमा नेपालले भुटानबिरुद्ध शानदार जित निकालेको छ । नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटानले अलआउट हुँदै ३३ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि सन्दीप लामिछाने र ललितराज राजवंशीले तीन/तीन विकेट लिए । बसन्त रेग्मीले दुई र दिपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर प्रदीप ऐरीले नटआउट ७५ रन जोडे । अर्का ओपनर बिनोद भण्डारीले भने खाता खोल्न सकेनन् । अनिल साह २७, दिपेन्द्रसिंह ऐरी २५ र आरिफ शेखले १३ रन जोडे ।

भुटानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गरेको थियो ।(जनता समाचार)

प्रतिक्रिया दिनुहोस