आज:  २०७९ चैत्र १०, शुक्रबार | Fri, 24, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

पर्साका शिक्षा अधिकारी लालबाबु ४० हजार घुस सहित पक्राउ

AuthorAP Khabar२०७५ आश्विन २५, बिहिबार (४ साल अघि) ३९० पाठक संख्या

तिवारी यादव
वीरगञ्ज, असोज २५ : अख्तियार दुरुपयोग अनुसंन्धान आयोगको टोलीले शिक्षा विकास तथा समन्वय ईकाई पर्साका प्रमुख लालबाबु साहलाई ४० हजार घुस सहित पक्राउ परेका छन् । अख्तियारको क्षेत्रीय कार्यालय हेटौडाबाट आएको टोलीले सेवाग्राहीसंग आफ्नै क्वाटर चिनीमिल आवास क्षेत्र स्थित निवासमा घुस लिईरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
जगरनाथपुर गाउपालिका वडा नं.३ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विधालयको भवन निमार्णको लागि खातामा पठाएको रकम फुकवा गर्न कमिसन बापतको उक्त रकम लिईरहेको अवस्थामा पक्राउ परेका हुन । पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि हेटौडा लैजाने तयारी भईरहेको जनाईएको छ ।
शिक्षा अधिकारी साहले पर्साका सामुदायिक विद्यालयको भवन निमार्णको नाममा खातामा रकम पठाएर कामै नगरि कमिसन माग गर्ने गरेको विधालयका एक जना शिक्षकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस