आज:  २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
FLASH NEWS

कांग्रेस कम्जोर भए देशको लोक्तन्त्र कम्जोर हुने

AuthorAP Khabar२०७५ आश्विन २५, बिहिबार (५ साल अघि) ७१८ पाठक संख्या

AP डेस्क
जीतपुर, असोज २५  : नेपाली कांग्रेसका युवा नेता बाल कृष्ण खाँडले कांग्रेस कम्जोर भए देशको लोक्तन्त्र कम्जोर हुने बताउनुभएको छ । बाराको पथलैयामा नेपाली कांग्रेस नगर कार्य समिति जीतपुरसिमराद्वारा आयोजित रक्तदान तथा शुभकामना आादन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली कांग्रेस नेपालमा लोक्तन्त्र ल्याएको र देशमा नेपाली कांग्रेस कम्जोर भए लोक्तन्त्र कमजोर हुने बताउनुभएको छ ।
उहाँले अहिले नेपाली कांग्रेस पार्टि क्षमता र मुद्धाका आधार नभै घर घरमा भेटेको आधारमा चलिरहेको बताउदै अब त्यो कुरालाई परिवर्तन गरी पार्टिलाई बलियो बनाउने समेत दाबी गर्नुभयो ।
पुर्व रक्षा मन्त्रि समेत रहनुभएका खाँडले आबको १० वर्षमा विश्वबाट नै कम्युनिष्ट समाप्त भएर जाने बताउदै नेपालमा कांग्रेस सिद्धियो भन्ने भ्रममा नगर्न आफ्ना कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रय महेन्द्र रायले कम्युष्टि र मधेशी नेताहरु जाती राजनिती गरेर जनतालाई भ्रमीत गरेको आरोप लगाउनुभएको छ । उहाँे पहाटमा कम्युनिष्ट र मधेशमा मधेशी दलले पहाडी र मधेशीको नाममा राजनितीक गर्ने र जनतालाई भ्रममा राखेर सत्तामा आउने काम गरेको आरोप लगाउनु भयो ।
नेपाली कांग्रेस नगर कार्य समितिका अध्यक्ष श्यामबाबु गुप्ताको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभासद शोभा लामा, तरुणदल बाराका अध्यक्ष लुकेश सिहं, नेपाली कांग्रेस पर्साका अध्यक्ष अजय दुवेदि, ट्रेड युनियन कांग्रेसका विश्वमणी शर्मा लगाएतको पार्टिका सदस्य एवम कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस