आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

बारा खाना तथा दशै महोत्सवको तयारी तिब्र

AuthorAP Khabar२०७५ आश्विन २६, शुक्रबार (४ साल अघि) ४५३ पाठक संख्या

AP डेस्क
जीतपुर, असोज २६ : बारामा हुन लागेको दोश्रो खाना तथा दशै महोत्सव २०७५ को तयारी अन्तिम चरणमा पुगेको होटल तथा पर्यटन व्यवसायी संघले जनाएको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तैयारी पुरा भएको संघले जनाएको हो ।
महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न संघले बिभिन्न उप–समितिमार्फत काम गरिरहेको छ । ‘हामीले सबै पक्षसंग समन्वय गरिरहेका छौ, बिभिन्न उप–समितिहरुमार्फत महोत्सवको तयारी अहिले धमाधम भईरहेको छ’ महोत्सव मुल आयोजक समारोह समितिका संयोजक मोहन शर्मा लामिछानेले भन्नुभयो ।
महोत्सवमा खानाका बिभिन्न परिकारका साथै राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने संयोजक लामिछानेले जानकारी दिनुभयो । महोत्सवमा नेपालका चर्चित गायक राजनराज सिवकोटी, रामजि खाड, दुर्गा खरेल, कमल के. क्षेत्री, सम्झना लामिछाने मगर, दिनेश काफ्ले, विकास पाण्डे, प्रदिप त्रिपाठी, सुनिल पण्डित, देवेन्द्र कार्की, संतोष देउजा लगायतले आफ्नो प्रस्तुती देखाउनेछन् । साथै पनाम ब्याण्डसहित स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाउने अध्यक्ष शर्माले बताउनुभयो ।
जीतपुरसिमरा उप–महानगरपालिकाको सिमरा बजारमा हुने यो महोत्सव असोज २७, २८ र २९ गते रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस