आज:  २०७९ चैत्र १८, शनिबार | Sat, 01, Apr, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

हुलाकी सडक केहि अतिवादि मधेसी नेताका कारण अगाडी बढ्न नसकेको नेकपाका यूवा नेता कुश्वाहाको आरोप

AuthorAP Khabar२०७५ आश्विन २८, आईतबार (४ साल अघि) ६०७ पाठक संख्या

AP डेस्क
जीतपुर, असोज २८ :  मधेशको मेरुदण्डको रुपमा रहेको हुलाकी सडकको काम आपेक्षा अनुरुप हुन नसकेको प्रती नेकपा बाराका यूवा नेता उमेश कुश्वाहाले चिन्ता ब्यक्त गर्नुभएको छ । एपी खबरसंग आईतवरा कुराकानी गर्दै उहाँले प्रदेश नम्बर २ का ग्रमीण भेगलाई जोड्ने एक मात्र सडक हुलाकी सडक रहेको र त्यसको निर्माणमा ठेकेदार कम्पनीले गरेको ढिलाई प्रती चासो ब्यक्त गर्नुभएको हो ।
यूवा नेता कुश्वाहाले मधेशका भित्री ग्रामीण भेगलाई सहरीकरणको रुपमा विकास गर्न यो सडक लाईफलाईनको रुपमा रहेको बताउनुभयो । उहाँले कृषिको मुख्य उर्वर भुमिको रुपमा यस प्रदेशका कृषकहरुलाई केन्दिैय राजधानिसंग प्रत्यक्ष जोडी कृषी ब्यवसायलाई प्रर्बधन गर्न समेत यो सडक लाभदायक हुने जिकीर गर्नुभयो ।
नेपालकै मुख्य ब्यापारीक केन्द्र, अन्तराष्ट्रि मालसमान आयात निर्यात हुने विरंगज नाका र प्रेदश नम्बर २ को राजधानि जनकपुरसंग प्रत्यक्ष जोडिएको यो सडक समयमा निर्माण नहुदाँ बाराका किसानहरु समस्यामा पर्न थालेका छन् । यो सडकको कामले चाहे अनुसारको गति नलिदा पर्यटनसंग जोडिएको बाराका सिम्रोनगढ, विश्व प्रसिद्व गढिमाई मन्दिर बरियारपुरपनि ओझेलमा परेको यूवा नेता कुश्वाहाले बताउनुभयो ।
उहाँले राजनितीक रुपमा ठुलाठुला नारा लगाउने प्रदेश सरकारले विकासको काममा खासै चासो नलिएको आरोप समेत लगाउनुभएको छ । मधेशमा रहेको केहि अतिवादि सोच भएका नेताका कारण बाराका साथै समग्र मधेसलाई जोड्ने यस सडकको निर्माणमा ढिलाई भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस