आज:  २०८० मंसिर १४, बिहिबार | Thu, 30, Nov, 2023
FLASH NEWS

सबै मिले मात्र देश बन्ने नेकपा नेता मण्डल

AuthorAP Khabar२०७५ आश्विन २८, आईतबार (५ साल अघि) ४३० पाठक संख्या

AP डेस्क
जीतपुर, असोज २८  : नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश २ संसदीय दलका नेता सत्यनारायण मण्डलले सबै मिले मात्र देश समृद्ध बन्न सक्ने बताउनुभएको छ । बाराको सिमरामा नेकपाले आयोजना गरेको विजया दशमी, दीपावली, छठ, ल्हासार एवं मोहरम पर्वको उपलक्ष्यमा शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता मण्डलले पार्टीलाई एबकताबद्ध बनाएर लैजानका लागि जील्ला स्तरमा समेत कार्यदल गठन गरिएको उल्लेख गर्दै पार्टी भित्र गलत अफवाह नफैलाउन आग्रह गर्नु भयो ।
नेपाल कम्युनिष्ट पार्टि प्रदेस नं २ का प्रतिपक्ष दलका नेता समेत रहनु भएका मंन्डलले भौतिक बादि कम्युनिष्टहरुले अदृश्य शक्तीमा विस्वास नगरेपनि त्यसलाई समाजबाट हटाउन नसकेको बताउनुभयो साथै उहाँले यस्ता कुरीतीहरुलाई समाजबाट हटाउने जिम्मा नेकपाले लिनुपर्ने कुरामा जोड दिनुभयो ।
सिमरा स्थित वडा नं. २ को कार्यालयमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु बलविर चाधरी, दिनेश राई, ज्वाला साह, नेकपाका नेता एवं पूर्व मन्त्री पुरुषोत्तम पौडेल, प्रदेश नंं. २ सांसद सुन्दर विस्वकर्मा, सांसद सिता गररुङ्ग, नेकपाका नेता क्षेत्र बहादुर श्रेष्ठ (अनिल), किशोर शर्मा, , मनोज पौडल, राजन पौडेल, कृष्ण खनाल, भोला अधिकारी, नेतृ विद्या थापा, सरीता राइ, वडा नं. २ अध्यक्ष तिलक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
नेकपाका नेता अशोक लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृष्ण खनालले सहजकिरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस