आज:  २०८० मंसिर १४, बिहिबार | Thu, 30, Nov, 2023
FLASH NEWS

चितवनमा ट्यांकरको ठक्करबाट दुर्इको मृत्यु, ४ गम्भीर

AuthorAP Khabar२०७५ आश्विन ३१, बुधबार (५ साल अघि) ३४७ पाठक संख्या

चितवन, असार ३१ : इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बुधबार दिउँसो ट्याङकरले म्यानलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

पोखराबाट धादिङतर्फ जाँदै गरेको ग २ च १७५१ नम्बरको मारुती भ्यानलाई त्यही दिशाबाट गइरहेकाे  बा १ झ ५६५ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो ।

दुर्घटनामा धादिङ कल्लेरीका २५ वर्षीय चन्द्रबहादुर नेपालीे र नाम नखुलेको एक बालकले जीवन गुमाएका छन् । घाइतेको भरतपुर अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । (जनता समाचार)

प्रतिक्रिया दिनुहोस