आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

दसैँका बेला चितवनमा १२ को मृत्यु

AuthorAP Khabar२०७५ कार्तिक ८, बिहिबार (४ साल अघि) ३८१ पाठक संख्या

चितवन,कार्तिक ८ : चितवनमा यस वर्ष दसैँका बेलामा सवारी साधन दुर्घटनामा परि १२ जनाले ज्यान गुमाएका छन् । असोज २४ देखि घटस्थापनाको दिनदेखि कात्तिक ७ गते कोजाग्रत पूर्णिमाको दिनसम्म चितवनमा २० वटा सवारी साधन दुर्घटजनामा परि १२ जनाले ज्यान गुमाएका हुन् । दसैँको बेलामा त्रिशूली नदीमा बस तथा ट्यांकर खस्दा ६ जनाले ज्यान गुमाएका थिए भने अन्य विभिन्न स्थानमा भएको दुर्घटनामा थप ६ जनाले ज्यान गुमाएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्लामा भएको दुर्घटनामा परि ६१ जना घाइते भएका छन् । यसैबीच, ट्राफिक प्रहरीले दसैँको बेलामा सुरु गरेको विशेष कारबाहीका क्रममा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने ५७ वटा बस, बढी भाडा असुल गर्ने ८७ वटा बस, मादक पदार्थ सेवन गरि सवारी चलाउने ३५ जना चालक तथा अन्य पाँच सय ९५ वटा सवारी साधनलाई कारबाही गरेको जनाएको छ ।

 

(जनता समाचार)

प्रतिक्रिया दिनुहोस