आज:  २०८० जेष्ठ २२, सोमबार | Mon, 05, Jun, 2023
FLASH NEWS

बारामा शनिवार एक बृद्धको घाँटी रेटेर हत्या

AuthorAP Khabar२०७५ कार्तिक १०, शनिबार (४ साल अघि) ४७४ पाठक संख्या

AP संवादाता

कलैया, कार्तिक १० : बारामा शनिवार साँझ एकजना वृद्धको हत्या भएको छ। कलैया उपमहानगरपालिका-२३ कोइरिया टोलाका करिब ६० बर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताउनु भयो।

खाना खाएर घर नजिकै गोठमा गएको बेला अज्ञात समूहले घाँटी रेटेर पटेलको हत्या गरेको हो। घटना करिब साँझ साढे आठ बजेको हो। अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको र घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक राठौरले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस