आज:  २०८० मंसिर १४, बिहिबार | Thu, 30, Nov, 2023
FLASH NEWS

काम नसकिदै माग गरेको भुक्तानि नदिएको भन्दै वडा अध्यक्षद्वारा प्राविधिक माथि दुरब्यवहार

AuthorAP Khabar२०७५ कार्तिक ११, आईतबार (५ साल अघि) ८१७ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक ११ : काम नसकिदै मागेको भुक्तानीको फाईल प्राविधीकले अगाडी नबढाउदा जीतपुरसिमरा उपमहानगरपालिका ५ का वडा अध्यक्ष मोहित चौधरीले क्रमचारीसंग जबरजसस्ती गरेका छन् ।
आईतवार वडा नम्बर ५ वडा अध्यक्ष चौधरीले आफ्नो अनुकुल फाईल अगाडी नबढाउको भन्दै नगरपालिकाका क्रमचारीसंग अभद्र ब्यवहार गरेका श्रोतको दाबी छ । वडा अध्यक्ष चौधरी यस भन्दा पहिलेपनि विभिन्न काममा पटक पटक विवादमा पर्दै आएका हुन् ।
आर्थिक वर्ष ०७४/७५ मा वडा नम्बर ५ मा ६ ओटा योजना निर्माण गर्न नगरपालिकाले करिब ५३ लाख बजेट दिने निर्णय गरेको थियो । तर विशेष कारणवस वडा नम्बर ५ का वडा अध्यक्ष चौधरीले असार मसान्त भित्र सो काम पुर्ण रुपले सम्मपन्न गर्न नसकेको र त्यही समय देखि अधुरो कामको पुरै मुल्याङ्कन बराबरको रकम भुक्तानि गर्न नगरपालिकाका क्रमचारीलाई दबाब दिदै आएका छन् ।
आर्थिक वर्ष ०७४/७५ मा वडा नम्बर ५ ले नासीको नाला निर्माण गर्न १० लाख, बिसौलियामा सामुदायीक भवन निर्माण गर्न १० लाख, बकुलिया क्याम्पसमा शौचालय निर्माण गर्न ८ लाख, समसानघाट निर्माण गर्न ५ लाख, भवानिपुर टोलमा सामुदायीक भवन निर्माण गर्न ५ लाख र नासीको नाला निर्माण गर्न १० लाख बराबरको कामको शुरुवात गरेको हो ।
समयमा काम सम्पन्न नहुनु र भुक्तानि माग गरेको फाईलमा योजना बराबरको कम नभएको तर पुर्ण भुक्तानि माग गरीएकोले सो योजनाहरुको भुक्तानि गर्न नसकेको नगरपालिका श्रोतले जनाएको छ ।
हाल वडा नम्बर ५ का वडा अध्यक्ष चौधरीको वडामा आर्थिक वर्ष ०७४/७५ मा ६ ओटा वडाका लागि दिइएको योजना मध्ये १० लाखमा निर्माण गर्न भनिएको नासीको नालामा ९ लाख ४८ हजार, १० लाख मै निर्माण गर्ने भनिएको बिसौलियामा सामुदायीक भवनमा ५ लाख ८० हजार, ८ लाखमा निर्माण गर्ने भनिएको बकुलिया क्याम्पसको शौचालय निर्माणमा ७ लाख ५७ हजार, ५ लाखमा निर्माण गर्ने भनिएको समसानघाट निर्माणमा ३ लाख ६० हजार, ५ लाखमै निर्माण गर्ने भनिएको भवानिपुर टोलको सामुदायीक भवनमा ३ लाख ४२ हजार र १० लाखमा निर्माण गर्न भनिएको नासीको नाला निर्माणमा ९ लाख ४८ हजारको मात्र काम सम्पन्न भएको प्राविधिकको रिपोर्टले देखाएको छ ।
यस योजनामा ३ ओटा योजना उपभोक्ता समिति र ३ ओटा योजना कोटेशन अर्थात ठेक्का लागएर अगाडी बढाईएको हो । करिब ५३ लाखको योजना पाएको यस वडाले पुरै रकम बराबरको कम नगरेको तर पुरै भुक्तानि गर्न जीतपुरसिमरा उपमहानगरपालिकामा फाईल पेश गरेको छ ।
यता वडा नम्बर ५ का केहि स्थानियहरुले लागत अनुसारको काम नभएको समेत आरोप लगाएका छन् । उनिहरुले वडा अध्यक्ष चौधरीले उपभोक्ता समितीको नाममा सबैकाम ठेकेदारसंग गराएको समेत आरोप लगाएका छन् ।
यस वडामा मनोकामना कन्ट्रक्सन प्रा.लि., नवनिर्माण कन्ट्रक्सन प्रा.लि. र सापकोटा हाईड्रो एण्ड ईन्जिनियरिङ्गले काम गर्दै आएको छ ।
जीतपुरसिमराका क्रमचारीकोले किन गरे काम ठप्प ?
वडा अध्यक्ष चौधरीले जीतपुरसिमरा उपमहानगरपालिकाका प्राविधीकसंग दुरब्यवहार गरेसंगै यस पालिकाका सबै क्रमचारीले तत्कालै काम बन्द गरेका थिए । वडा अध्यक्षहरुले आफुहरुलाई आफ्नो अनुकुल काम गराउन खोजेको बताउदै समस्याको समाधान नभएसंगै काम नगर्ने भन्दै क्रमचारीहरुले करिब २ घण्टा काम बन्द गरेका हुन् ।
काम बन्द भएपछि पालिकामा बसेको बैठकले हाल वडा नम्बर ५ मा भएको योजनाको काम अनुसार भुक्तानि गर्ने मैखिक सहमति भएको जतिपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईले जानकारी दिनुभएको छ । उहाँले जतिको काम भएको छ त्यती बराबरको भुक्तानि दिने र बाकीँ रकमलाई छलफल गरेर अन्य विकास निर्माणमा लगाउने बारे सोचन सक्नेगरी कुरा मिलेको बताउनुभयो ।
यता वडा नम्बर ५ का वडा अध्यक्ष चौधरीले कार्यादेश अनुसार काम सम्पन्न भएको महिनौ बितिसक्दा पनि भुक्तानी नगरेको भन्दै आफुले प्राविधीकलाई उनकै कोठामा थुनेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस