आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023
FLASH NEWS

ससफो नेपाल बाराद्वारा पचरौता नगरपालिकामा भएको घटना प्रती आपती

AuthorAP Khabar२०७५ कार्तिक ११, आईतबार (५ साल अघि) ४५१ पाठक संख्या

AP संवादाता
पचरौता, कार्तिक ११ :
संघीय समाजवादि फोरम नेपाल बाराले आईतवार प्रेस विज्ञप्ती जारी गर्दै केहि दिन पहिले केहि अराजक तत्वले पचरौता नगरपालिका विरुध हु हल्ला गर्दै समान्य जनताको हत्या गर्ने नियतले गरेको कार्यप्रती विरोध जनाएको छ ।
साथै पचरौता नगरपालिकामा मेयर कहाँ ज्ञापन पत्र बुझाउन आउदा बाटोमै रोकि निर्दाेष जनतामाथि गम्भीर घाइते हुने गरी कुटपिट गर्ने र गराउनेलाई कानुन बमोजिम कारवाहि गर्न माग समेत गरेको छ ।
संघीय समाजवादि फोरम नेपाल बाराका अध्यक्ष रामबाबु कुमार यादबद्वारा जारी विज्ञप्तीमा नेपालको राज्य पुनः संरचनासंग सबै तहको निर्वाचन सम्पन्न भै जन निर्वाचित प्रतिनिधिहरु द्वारा जनताको चाहना र अपेक्षा अनुकूल आ–आफ्ना क्षेत्रमा दुरुत गतिमा बिकाश निर्माणका क्रियाकलाप संचालन गरिरहेको बर्तमान परिबेशमा बारा पचरौता नगरपालिकामा बिकाश निर्माण कार्य बाधित हुने गरि केही अराजक तत्वहरुले निहित स्वार्थ पूरा गर्नेको लागि नगरपालिकाको काम कारवाहि प्रभावित हुने गरि गैर कानुनि तरिकाले गरेको कार्य प्रती सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
आइतवार देवकिलाल धर्मशालामा बसेको पार्टीको बैठकले यस उदणडनिय कार्यप्रती गम्भीर छलफल गर्दै समाजमा भय, डर र त्रासको वाताबरण सृजना गर्दै अमानवीय कार्य गर्ने दोषिमाथि कडा भन्दा कडा कारवाहि गर्नको लागी माग गरेको छ ।
पचरौता नगरपालिकामा जनताहरुले पचरौता नगरपालिकाको चौतर्फी बिकास संघर्ष समिति गठन गरि नगरपालिकाको मेयरलाई विकाश निर्माण सम्बन्धि आफ्नो धरना ज्ञपन पत्र मार्फत अवगत गराउन शान्ति पुर्ण जुलुस लिएर गइरहेको अवस्थामा केही अराजक समुह तथा कथित जलन्धर सिंह, प्रभु पटेल, बिनोद यादव लगायतले बाटोमा रोकि लाठि फाटा फलामको रड समेत लिइ एकासि प्रहार गरि सोझा जनतालाई कुटपिट गरि अराजक स्थिती सृजना गर्दै शान्ति सुरक्षा माथि खेल्वाड गरेको संघीय समाजवादि फोरम नेपाल बाराले ज्ञापन पत्र मार्फत आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस