आज:  २०७९ चैत्र १०, शुक्रबार | Fri, 24, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

जन्म दिनमा मानव सेवा अश्रममा फलफुल वितरण

AuthorAP Khabar२०७५ कार्तिक १२, सोमबार (४ साल अघि) ३२३ पाठक संख्या

AP संवाददाता

वीरगन्ज,कार्तिक १२: आधुनिक समाजमा जन्म दिन तडक भडकका साथ मनाउने संस्कारको विकास भईरहँदा यहि समाजका केही त्यस्ता व्यक्तिहरुले भने आफ्नो जन्म दिनलाई केही उदाहरणीय र सार्थक सेवाभावले मनाउने गरेका छन् । सामाजिक संस्कारको खडेरी परिरहेको हाम्रो समाजमा अहिले पनि केही त्यस्ता यूवाहरु छन् ।

जुन समाजका लागि उदाहरणीय पात्रका रुपमा स्थापित हुदैछन् । आफ्नो विलासी जीवनशैलीका कारण आमाबाबु समेतलाई वृद्धाआश्रममा राखेर व्यस्त जीवन जिउनेहरुका लागि पनि ती समाजका लागि अहोरात्र खटिने युवाहरु प्रेरणाका पात्र बन्ने गरेका छन् । वीरगन्जको मानव सेवा आश्रममा काम गर्ने युवाहरु मात्रै होईन, त्यहाँ सेवा गर्न जाने र आश्रममा आश्रित बुबाआमा तथा दिदीबहिनी र दाजुभाईहरुसँगै आफ्नो जन्म दिन मनाउनेहरु पनि बढ्दै गएको छ ।

सरकारी सुरक्षा सेवामा कार्यरत एक प्रहरी कर्मचारीका छोराले आफ्नो २५ औं जन्म दिन त्यहि मानवसेवा आश्रममा गएर फलपूmल वितरण गरि मनाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत रहेका प्रहरी नायव निरीक्षक रामसुन्दर आर्यका छोरा सुरज राउतले आफ्नो २५ औं जन्मदिन साक्षात ईश्वर आमाबुबाको आशीर्वाद लिएर आफ्नो हजुरआमा स्वर्गीय झरिदेवीको को सम्झनामा वीरगंज स्थित मानवसेवा आश्रममा गएर २५ जना वृद्धबृध्दालाई फलफूल वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस