आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

सहकारीद्वारा संचालित १६ हप्ते तालिम समापन कृषि पेशा प्रतिको आकर्षण बढाउन जरुरी : प्रदेस सासंद साह

AuthorAP Khabar२०७५ कार्तिक १४, बुधबार (४ साल अघि) ६१४ पाठक संख्या

AP संवादाता
मनहर्वा,कार्तिक १४ : साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले संचालन गरेको १६ हप्ते कृषक प्राविधिक तथा पाठशाला तालिम आज एक कार्यक्रमका विच समापन भएको छ ।
गत असारबाट सुरु भएको तालिमलाई प्रदेश नंं.२की प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले समापन गर्नु भएको हो । तालिम समापन समारोहको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथी समेत रहनु भएकी साहले किसानका विविध समस्या समाधान गर्न राज्य लागेको बताईन् । अन्य मुलुकमा किसानले अनुदान सहितका सुविधा पाउने, उत्पादन गर्दा बजारको ग्यारेण्टी राज्यले गर्ने गरेपनी नेपालमा त्यस्तो प्रभावकारी ब्यवस्था नहुँदा किसान समस्यमा रहेको बताउनु भयो ।
कृषि पेशामा निर्भर किसानहरुसँग जग्गा छैन । सुकुम्बासी समस्या छ । थोरैतीनो भएको ऐलानी जग्गामा पनि सिंचाई, मलविउको उचित सुविधा छैन । जस्का कारण ग्रामिण किसान आफ्ना छोराछोरीलाई ऋण गरेर विदेश पठाउन बाध्य छन्, साहले भन्नुभयो । कृषिलाई बलियो आधार बनाउन राज्यले किसानलाई सहयोग गर्नुपर्ने साहले बताउनु भयो । सहाले सहकारीले कृषि क्षेत्रममा खेलेको भुमिकाको प्रशंसा गर्दै कृषि पेशाप्रती कृषकको आर्षण बढाउने पर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनी, जितपुसिमरा उपमहानगरपालिका अन्तरगतको कृषि शाखाकी नायव प्राविधिक सहायक राधिका भारती, जितपुरसिमरा उपमहानगरपालिका १८का वडा अध्यक्ष अर्जुन प्रसाद दाहाल, ब्यवसायिक भैंसि विकास समितिका अध्यक्ष गोपिकृष्ण खतिवडा स्थानिय सामाजिक अगुवा विक्रम राम ,कृष्ण प्रसाद वाग्ले लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न कृषि उत्पादन तथा सामाग्रि प्रर्दशनमा राखिएको थियो । भने हलो कुटोकोदालो प्रदर्शन गर्दै कार्यक्रममा सहभागी भएका पाठशालाका किसानहरुले कृषिसँग सम्बन्धित गित तथा तृत्य समेत प्रस्तुत गरेका थिए ।
संस्थाले पाठशालामा सक्रिय सहभागीता सहित कृषि पेशा अंगालेकाहरुलाई कोदालो हंसिया तथा खुर्पि जस्ता कृषि औजार पुरस्कार प्रदान गरेको थियो । १६ हप्ते पाठशालामा सहभागी १ सय ७५ जनालाई प्रमुख अतिथि साह, कृषि संघ बाराका अध्यक्ष सहनीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रम संस्थाकी अध्यक्ष नयनकला खड्काको अध्यक्षता, उपाध्यक्ष फुलकुमारी बस्नेतको स्वागत तथा मुख्य प्रबन्धक पुष्पराज खतिवडाको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस