आज:  २०८० जेष्ठ २६, शुक्रबार | Fri, 09, Jun, 2023
FLASH NEWS

कटहरीया नगरपालिकाको वडा अध्यक्षहरुकै कारण नगरसभा हुन नसकेको कार्यवाहक मेयर नुरजहाको आरोप

AuthorAP Khabar२०७५ कार्तिक १५, बिहिबार (४ साल अघि) ६२१ पाठक संख्या

अखिलेश यादब
रौतहट, कार्तिक १५  : रौतहटको उतरी भेगमा रहेको कटहरीया नगरपालिका कार्यवाहक मेयर नुरजहाँ खातूनले आफ्नै पार्टिका वडा अध्यक्षहरुको असहयोग गरेका कारण नगर सभा हुन नसकेको आरोप लगाउनु भएको छ । नेपाल कमनिष्ट पार्टीको बहुतमत रहेको यस नगरपालिकामा पार्टिका वडा अध्यक्षहरु आफुलाई कार्यवाहकको रुपमा स्विकार नगर्दा यस्तो समस्या आएको उहाँले बताउनुभएको छ ।


यस नगरपालिकाका मेयर सियाराम कुश्वाहा केहि समय पहिले जेल चालन भएका पश्चात नगर उपप्रमुख खातुन स्वतह कार्यवाह हुनुभएको हो । उहाँले आफ्ने पार्टिका वडा अध्यक्षहरुको असाहयोगका कारण जनतालाई विकासको अनुभुती गराउन नसकेको बताउनुभयो ।
छठ पर्व पहिले नै नगरसभा गर्न र तराईमा मनाईने छठ पर्वको तैयारी गरी यस पर्वलाई धुमधामका साथ मनाउने आफ्नो योजना रहेपनि कार्यपालिका बैठकमा आफ्नैबाट असहयोग भएको उहाँको आरोप छ ।
जनताको विकास भन्दा आफ्नै तलव भता तथा बजेट बाडँफाडँमा वडा अध्यक्षहरु ब्यस्त हुदाँ जनताको विकासलाई बन्धक बनाउने कार्य गरेकोमा म दुखी भएको भन्दै विकासको कार्यमा सबैलाई सहभभागि हुन आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस