आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा भेटियो दुई पुरुषको शव

AuthorAP Khabar२०७५ कार्तिक १५, बिहिबार (४ साल अघि) ४९८ पाठक संख्या

AP संवादाता

रौतहट , कार्तिक १५ : बिहिवार रौतहटमा दुईजना पुरुषको शव फेला परेको छ । गरुडा नगरपालिका–८ जिंगडिया टोल र माधवनारायण नगरपालिका–६ मा एक–एक गरी दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुर्भुज ओझाले जनाएको छ । ओझाका अनुसार गौर चन्द्रपुर सडकखण्डअन्तर्गत जिंगडिया नजीक बाटो छेउको नालामा डुबेको अवस्थामा अन्दाजी ३५ वर्षका पुरुषको शव फेला परेको हो।

माधवनारायण नगरपालिका–६ माधोपुर गाउँ नजिकै जोतेको खेतमा अन्दाजी २५ वर्ष उमेरका एक पुरुषको घोप्टो अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक ओझाले जानकारी दिए। मृतकको पहिचान खुल्न नसकेको तथा शवपरीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।

स्थानीयवासीका अनुसार माधोपुर गाउँ छेउमा मृत फेला परेका युवकको घाँटीमा नीलडाम देखिएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक ओझाले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस