आज:  २०८० आश्विन ९, मंगलबार | Tue, 26, Sep, 2023
FLASH NEWS

सांसद यादवको गाँउमा रुङ्गटा वेलफेअर सोसाइटीद्धारा छठका लागि साडी र पिठो वितरण

AuthorAP Khabar२०७५ कार्तिक २४, शनिबार (४ साल अघि) ५१९ पाठक संख्या

वीरगन्ज, कार्तिक २४ : रुङ्गटा वेलफेअर सोसाइटीले अन्य वर्ष झैं यस वर्षपनि छठ ब्रतालुहरुलाई साडी एवं पूजा सामग्री वितरण गरेको छ । आइतबार देखि सुरु हुने छठ पर्वको अवसरमा शनिवार बिरगंज २२ मनियारी र बिरगंज १८ भवानीपुर मा आयोजित एक कार्यक्रममा छठ ब्रतालुहरुलाई साडीसहित पूजा सामग्री वितरण गरेको हो ।
उद्यमी तथा समाजसेवी सुरेश रुङ्गटाले ब्रतालुहरुलाई साडी र पूजा सामग्री उपलब्ध गराएका हुन् । रुङ्गटा वेल्पÞmेअर सोसाइटीले विगत ५ वर्षदेखि छठको अवसरमा ब्रतालु महिलालाई साडी र पूजा सामग्री वितरण गर्दै आएका छन् ।
रुङ्गटाको अध्यक्षता तथा पर्सा निर्वाचन क्षेत्र न १ का सांसद एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष प्रदिप यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिब २५० ब्रतालुहरुलाई साडी, गहुँ वितरण गरिएको हो । छठ पर्व गर्ने ब्रतालुहरुले नयाँ साडी लाउनुका साथै गहुँको पिठोले तयार पारिएको प्रसादले पूजा गर्नुपर्ने भएकोले यस अवरसमा ती सामग्रीहरु वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै सांसद यादवले नेपालीहरुको महान एवं पवित्र पर्व छठलाई लक्षित गरी संस्थाद्धारा ब्रतालुहरुलाई साडी एवं पूजा सामग्री वितरण गरिने कार्य प्रशंसनीय रहेको बताए । शुद्धतालाई विशेष ध्यान दिइने छठ पर्वको अवसरमा आर्थिक रुपले विपन्न परिवारका ब्रतालुहरुलाई साडी तथा पूजा सामग्री वितरणको कार्य सराहनीय रहेको भन्दै सांसद यादवले आगामी वर्षहरुमा समेत यसलाई निरन्तरा दिन आग्रह गरेका छन् ।
उद्यमी तथा समाजसेवी सुरेश रुङ्गटाले सांसद यादवको आग्रह अनुसार साडी वितरण गर्ने कार्य सुरु गरेको भन्दै यसलाई निरन्तरता दिने वचनवद्धता व्यक्त गरे। रुङ्गटा ग्रुप अफ कम्पनी का कार्यक्रारी निर्देशक समेत रहेका सुरेश रुङ्गटा सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन्।
यसैगरी कार्यक्रममा जिल्ला सह ईन्चार्ज रामनरेश यादव, जिल्ला सदस्य तबरेज अहमद ,पर्सागढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष असलम आलम, नगर उपाध्यक्ष घनश्याम गुप्ता, जिल्ला सदस्य मुस्तकीम अंसारी लगायतको उपस्थिती रहेको स्वकीय सचिव निखिल वर्णवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस