आज:  २०८० मंसिर १४, बिहिबार | Thu, 30, Nov, 2023
FLASH NEWS

साना किसान कृषि सहकारी संस्था डुमरवानाका प्रबन्धले संस्थाको मर्यादामा आचँ आउने काम गरेको संस्थापन पक्षको आरोप

AuthorAP Khabar२०७५ कार्तिक २९, बिहिबार (५ साल अघि) ५७६ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक २९ : साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका मूख्य प्रवन्धक नारायण क्षेत्रीले संस्थाको मर्यादामा आँच आउने काम गरेको संस्थापन पक्षले आरोप लगाएको छ ।
क्षेत्री संचालक समिति भन्दा माथि रहेर काम गर्न खोजेको आरोप लगाउदैँ संचालक समितिलाई कुनै जानकारी नै नगराई संस्था भित्र संस्थाको मर्यादामा आँच आउने गरी पत्रकार सम्मेलन गराएको प्रति संस्थापन पक्षले आपति जनाएको हो ।
पछिलो समय साना किसान कृषि सहकारी संस्था लि। डुमरवानाले क्षेत्री भन्दा माथिलो तहमा क्रमचारी नियुक्त गर्न खोजेपछि आफुले गरेका गलत कामको भण्डाफोर हुने डरले उनले पहिले नै संस्थालाई बदनाम गर्ने गरी संचार माध्ममा विभिन्न गलत प्रचारप्रसार गर्दै हिडेको क्षेत्री माथि आरोप छ ।
बिहिवार संस्थाका सञ्चालकद्वय प्रदिप बराल र विश्वनाथ लामिछाने तथा मूख्य प्रवन्धक नारायण क्षेत्रीले संयुक्त रुपमा संचालक समितिलाई कुनै जानकारी नगराई पत्रकार सम्मेलनको आयोजना गरि संस्थाका बारेमा संचार माध्यममा विभिन्न नकारात्मक प्रचारबाजी गरेका छन् ।
९ सदस्य संचालक समितिकमा मुल समितिका सात जना सदस्य र पाँच जना सल्लाहकारलाई बाइपास गर्दै संस्थालाई बदनाम गर्न संचालकका दुई जना सदस्य सहित क्षेत्रीले यो सडयन्त्र गरेको श्रोतले जनाएको छ ।
क्षेत्रीमाथि संस्थाले यन्त्रशालामा रहेका यन्त्रहरुलाई उचित रुपमा ब्यस्थापन गर्न नसकेको, कोल्ड स्टोर घाटामा लगेको, किसानलाई मर्कामा पारेर संस्थालाई बदनाम गराएको आरोप लगाएको छ ।
यसैगरी प्रवन्धक क्षेत्रीले बिसौँँ साधारण सभामा एक करोड ६४ लाखको हिसाब प्रतिवेदनमा छुटाएको, समयमा कर तिर्न कर कार्यालयले संस्थामा पठाएको चिठी लुकाएर कर कार्यलयमा १ लाख ९० हजार हरजाना तिर्न लगाई संस्थालाई नोक्सान गर्न लगाएको आरोप रहेको श्रोत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस