आज:  २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
FLASH NEWS

सडक बति मर्मत सम्भारको अभावमा जिर्ण बन्दै, निजी खर्चमा बति जडान गरेको प्रचार गर्दै परवानिपुर प्रमुख साह

AuthorAP Khabar२०७५ कार्तिक ३०, शुक्रबार (५ साल अघि) १०२१ पाठक संख्या

तिवारी यादव
वीरगञ्ज, कार्तिक ३० : बाराको परवानिपुर गाउँपालिकाको ५ वटा वडामा जडान गरीएको सडक बति मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गएको छ । गाँउपालिकाको ५ वडामा बिजुलिको पोलमा लगाइएको बति एक बर्ष नबित्दै जिर्ण भएको स्थानीयले बताएका छन ।
गाँउपालिकाको बतिलाई मर्मत नगरी वडा नम्बर ५ को बहुवरी र नवतनमा बति जडान गरीएको छ । गाँउपालिका प्रमुख हरीनारायण साहले विनाटेन्डर आसेपासे पसलबाट भेपर खरिद गरी करिब ७ लाख बजेटमा व्यापक भ्रष्टाचार गरेको वडाध्क्षहरुले आरोप लगाएका छन ।
गाँउपालिका प्रमुख साहले भेपर खरिदमा अनियमितता गर्दै तीन महीना अघि थालिएको तयारीले दीपावली र छठमा गाउँगाउँमा बत्ती बल्न नसकेको स्थानीयबासीहरुको आरोप समेत रहेको छ । गाउँपालिकाको खर्चमा किनेको भेपरमा राजपा पार्टीले आफ्नै खर्चमा टोलटोलमा भेपर लगाएको भनेर कुप्रचार गर्दै गाँउपालिका प्रमुख साह हिंडेको वडा अध्यक्षहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस