आज:  २०८० जेष्ठ २६, शुक्रबार | Fri, 09, Jun, 2023
FLASH NEWS

आन्तरीक राजश्व कार्यलय सिमराद्वारा सातौँ राष्ट्रिय कर दिवसको अवसरमा सिमरामा प्रभात फेरी कार्यक्रम

AuthorAP Khabar२०७५ मंसिर १, शनिबार (४ साल अघि) ४६९ पाठक संख्या

AP डेस्क

जीतपुर, मंसिर १ : बाराको सिमरामा रहेको आन्तरीक राजश्व कार्यलय सिमराले सातौँ कर दिवसको अवसरमा शनिवार प्रभात फेरी कार्यक्रम गरेको छ । आन्तरिक राजश्व कार्यलयबाट निकालिएको प्रभात फेरी नगर परिक्रमा गरी पुनः कार्यलयमा गएर सम्पन्न भएको थियो । सरकारले आधुनिक तथा नवीन कर मूल्य अभिवृद्धि कर लागू गरेको दिन मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरेको छ ।

आन्तरीक राजश्व कार्यलय सिमराका कर अधिकृत तुलसी प्रसाद चौलागाईले राज्य प्रतिको आफ्नो दायीत्व सम्झेर कर तिर्न सबै सेवा गा्रहीहरुलाइ आग्रह गर्नुभएको छ । सातौँ राष्ट्रिय कर दिवसको अवसरमा बाराको सिमरामा सम्पन्न प्रभातफेरी तथा औपचारीक कार्यक्रममा बोल्दै उहांले सबै सेवा ग्राहीहरुले कर तिर्नु भनेको राज्यलाई सम्बृद्ध बनाउने कुरामा जोड दिनुभएको हो ।

कर अधिकृत चौलागाईले सिमान्कृत वर्गको विकासको लागि समाजिक भावनाले ओतप्रोत भएर कर तिर्नुपर्ने भन्दै समयमा कर तिर्नेबानिले आत्म गौरव बढाउने कुरा सबैलाई जानकारी गराउनुभएको थियो ।

४० हजार करदाता रहेको यस कार्यलयमा ४ हजाार करदता  मुल्य अभिबृद्वि करमा आवद्व रहेका छन् । आन्तरिक राजश्व कार्यलय सिमराले चालु आर्थिक वर्षमा ११ अरब ३० करोड राजश्व उठाउने लक्षय लिएको ष्स कार्यालयले हालसम्म ७० प्रतिशत लक्षय पुरा गरेको अधिकृत चौलागाईले जानकारी दिनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जितपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले नगरमा रहेका सम्पुर्ण ब्यवसायीलाई करमा आबद्व भै उपमहानगरपालिकाका साथै राष्ट्र निर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

“कर: सम्बृद्ध नेपाल, सुखी नेपालीको भर ।” भन्ने नाराका साथ सातौँ राष्ट्रिय कर दिवसलाइ आन्तरिक राजश्व कार्यलय सिमराले साता ब्यापी मनाउने जनाएको छ । साता ब्यापि कार्यक्रम अन्तर्गत साताभरी रौतहटको गौर, चपुर बाराको कलैया, निजगढ लगाएत आफ३नो क्षेत्रमा रहेको सबै स्थानिय तहका उद्योगीहरु बिच करदाता शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम र अन्तीम दिन पुनः सिमरामा कर सम्बन्धि विभिन्न कार्यक्रम गरी मनाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस