आज:  २०८० जेष्ठ २६, शुक्रबार | Fri, 09, Jun, 2023
FLASH NEWS

लियो क्लबको आयोजनामा निशुल्क स्वास्थ जाच सिबिर सप्पन्न

AuthorAP Khabar२०७५ मंसिर ८, शनिबार (४ साल अघि) ४२५ पाठक संख्या

तिवारी यादब

वीरगन्ज, मंसिर ८ : बाराको जितपुर सिमरा उपमहानगरपालिका वाड नम्बर २४ हरपुरमा निशुल्क स्वास्थ जाच सिवीर शनिबार सप्पन्न भएको छ ।लियो क्लब अफ वीरगन्जको आयोजना तथा हेल्प युवा क्लब जितपुर सिमरा र नेपाल भिजन केयर अस्पताल प्रालिको सहयोगमा श्री नेपाल राष्ट्रिय प्राबी हरपुरको प्राङ्गणमा सिबिर सप्पन्न भएको हो ।निशुल्क स्वास्थ जाच सिबिरमा महिला ,पुरुष बालबालिका गरि ६ सय जनाले स्वास्थ जाच गराएको लियो क्लब अफ वीरगन्जका सचिव मेराजुल हवारीले जानकारी दिए ।स्वास्थ सिबिरमा कन्सलटेन फिजिसियन डाक्टर अरुण कुमार सिंह ,स्त्री तथा प्रसुती रोग बिसेसज्ञ डाक्टर सलमा बानु,कन्सलटनट सर्जन डाक्टर मेहदी हसन ,फिजिसियन डाक्टर सैलेजा नन्द ,डाक्टर रुपेन्द्र मिश्रा ,सचितानन्द साह,बिश्वास घिमिरे ,घनश्याम कुशवाहा लगायतकाले स्वास्थ जाच गरेको लियो क्लब अफ वीरगन्जका अध्यक्ष सिमोन गुरुङले बताए ।निशुल्क स्वास्थ जाँच शिबिरमा लियो क्लब अफ वीरगन्जका सल्लाहकार एवं युवा पत्रकार तिवारी यादव ,अध्यक्ष सिमोन गुरुङ ,उपाध्यक्ष अञ्जली गर्ग ,पुर्ब अध्यक्ष सरिता खडगी ,निकेश श्रेष्ठ ,दिपेन्द्र यादव ,रिसभ राज अग्रवाल ,कोशाध्यक्ष राम बिनेश यादव ,सदस्यहरु अमृता ठाकुर,अन्जना साह ,भगवती सिग्देल ,दिपेन्द्र साह,अन्कित श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस