आज:  २०८० आश्विन ९, मंगलबार | Tue, 26, Sep, 2023
FLASH NEWS

पर्साको सखुवा प्रसौनीमा सहकारीहरु बिच अन्तक्रिया सम्पन्न

AuthorAP Khabar२०७५ मंसिर ९, आईतबार (४ साल अघि) ४८९ पाठक संख्या

तिवारी यादब
वीरगंज,मंसिर ९ : पर्साको सखुवा प्रसौनी गाँउपालिकामा सहकारी संघ संस्था बिच अन्तक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको छ । सखुवा प्रसौनी गाँउपालिकाको आयोजना तथा जिल्ला कृषि सहकारी संघ र राष्ट्रिय सहकारी बैंकको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा गाँउपालिका भित्रका २६ वटा सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साहले जानकारी दिए ।अन्तरक्रिया कार्यक्रममा सहकारी भित्र रहेका समस्याका समाधान गर्नेको लागी समिति बनाउने ,गाँउपालिका भित्रका समिति बनाउने, सहकारी कानुन बनाउने, कर्मचारीको लागी कार्यालयको व्यवस्थापन गर्ने ,सहकारी सम्बन्धि रिकोर्ड व्यवस्थापन लगायतको निर्णय भएको कृषि सहकारी संघ पर्साका अध्यक्ष साहले बताए ।

सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष प्रदिप जैसवालको अध्यक्ष्तामा भएको कार्यक्रममा सहकारी बैंकका शाखा प्रमुख युवराज त्रिपाठि, कृषि ज्ञान केन्द्र समसुल मियाँ, अजय कुमार श्रीवास्तव लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस