आज:  २०८० मंसिर १४, बिहिबार | Thu, 30, Nov, 2023
FLASH NEWS

अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य इशक कुमार रिहा

AuthorAP Khabar२०७५ मंसिर ११, मंगलबार (५ साल अघि) ९१२ पाठक संख्या

वीरगंज, मंसिर ११
तत्कालिन नेकपा माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य इशक कुमार पासवान सोमबार रिहा भएका छन । एक सत्ता देखी प्रहरी हिरासतमा रहेका पासवान जिल्ला प्रशासन कार्यालयको आदेशमा रिहा भएका हुन ।
रिहा भएका पासवनालाई विद्यार्थी संगठनहरुले स्वागत समेत गरेका छन । नेकपा निकटका भातृ संगठन अनेरास्ववीयु र अनेरास्वीयु (क्रान्तिकारी) का विद्यार्थी नेताहरुले फुलको माला लगाई पसवानलाई स्वागत गरेका हुन ।
अनेरास्ववीयू (क्रान्तिकारी)का केन्द्रिय सदस्य शिवम साह, अनेरास्ववीयु पर्साका अध्यक्ष रामबाबु यादव, अनेरास्ववीयु (क्रान्तिकारी) पर्साका संयोजक मित्रदेव यादव, ठा.रा.ब. इकाई संयोजक मेराजुल हवारी लगायतका विद्यार्थी नेताहरुले रिहा भएका पासवानलाई स्वागत गरेका थिए ।
मंसिर ४ गते जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले पासवानलाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गरेका थिए । प्रहरीले पासवानलाई पक्राउ गरेको विरोधमा विद्यार्थी संगठनहरु आन्दोलनको समेत घोषणा गरेका थिए । दुबै संगठनका जिल्ला नेतृत्वहरुले पासवान रिहाई कार्यमा सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद ज्ञापन समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस