आज:  २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
FLASH NEWS

पेटमा बाँधेर हतियारको तस्करी, ‘सुरक्षा गार्ड’ पक्राउ

AuthorAP Khabar२०७५ मंसिर ११, मंगलबार (५ साल अघि) ४१८ पाठक संख्या

 मोरङ,मंसिर ११: । विराटनगरका दुई युवकलाई पेटमा लागुऔषधसँगै पेस्तोल बाधेर ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । शनिबार विराटनगर बसपार्कबाट पक्राउ परेका दुई युवकले पेटमा लागु औषधसँगै पेस्तोल र गोली बाधेर ल्याएको भेटिएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) सहितको टोलीले शनिवार साझ विराटनगर १६ का १८ वर्षीय विद्यानन्द मण्डल, २० वर्षीय अनुप गिरीलाई पेटमा लागु औषध सँगै हतियार टेपले बाधेर ल्याउदै गर्दा पक्राउ गरेको थियो ।

पक्राउ परेका मण्डलको साथबाट एउटा कटुवा पेस्तोल, केही थान गोली र एक सय ८० पिस लागूऔषध बरामद भएको प्रहरी स्रोतले जनाएको छ । गिरीका साथबाट दुई सय पिस लागूऔषध बरामद भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

मण्डल र गिरीसँग हतियार बुझ्न काठमाडौंबाट आएका रुपम राईलाई पनि प्रहरीले शनिबार नै पक्राउ गरेको छ । काठमाडौंमा सुरक्षा गार्डको रुपमा काम गर्ने राईले हतियार काठमाडौं पु¥याउने जिम्मा लिएको प्रहरी स्रोतको भनाइ छ ।

लागू औषध प्रयोगकर्ता गिरी र मण्डललाई हतियार कस्ले जिम्मा दियो भन्ने प्रहरीले केही खुलाएको छैन । पक्राउ परेकाहरुको नाम प्रहरीले गोप्य राखेको छ । हतियार कारोबारीको सञ्जाल खोजिरहेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

पक्राउ परेकाहरुले एउटा पेस्तोल सम्बन्धित ठाउँमा पु¥याइदिए बापत प्रति व्यक्ति चार हजार रुपैयाँ पाउने गरेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीसहितको टोलीले गत सोमबार विराटनगरबाट उदयपुरका मन्दिप तामाङलाई ‘मेड इन युएसए’ लेखिएको पेस्तोल र गोली सहित प्रहरीले पक्राउ गरेको थियो । तामाङ पक्राउ परेपछि हतियार बुझ्ने सुनसरीको खनारका सुशील साहलाई मंगलबार पक्राउ गरेको थियो ।

अवैध हतियार ओसारपसार र आयातका बारेमा धेरै कुरा खुल्ने क्रममा रहेको बताउदै मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले पक्राउ परेकाहरुको नाम गोप्य राखिएको बताए । उनले हतियार कारोबारीको चेन पत्ता लगाउने काम भैरहेकाले अन्य व्यक्तिहरु पनि पक्राउ पर्ने सम्भावना रहेको बताए ।

अनलाईन खबर

प्रतिक्रिया दिनुहोस