आज:  २०७९ मंसिर २१, बुधबार | Wed, 07, Dec, 2022
FLASH NEWS

राजपा नेपालमा सयौँ जनाद्धारा पार्टि प्रवेस

AuthorAP Khabar२०७५ मंसिर १३, बिहिबार (४ साल अघि) ४०८ पाठक संख्या

AP संवादाता
कलैया, मंसिर १३  : देवताल गाउँपालिका १ मा बुधवार सम्पन्न एक कार्यक्रमका बिच राष्ट्रिय जनता पार्टि नेपालमा सयौँ जना पार्टि प्रवेस गरेका छन् । मधेश र मधेसीको माग सम्सोधन गराउन राष्ट्रिय जनता पार्टिको अहम भुमिका रहने भन्दै यस पार्टिमा बुधवार सयाँैको संख्यामा जनताहरु प्रवेस गरेको राजपा नेपाल बाराका प्रबक्ता अरुण सिहंले जानकारी दिनुभएको छ ।
कार्यक्रममा नवप्रवेसीहरुलाई राजपा नेपाल बाराका प्रबक्ता सिहंले टिका लगाएर पार्टि प्रवेस गराउनु्भएको हो । राजपा नेपालले २०७६ बैशाख ७, ८, ९ गते माहाअधिवेशन गर्ने निर्णय गरेसंगै पार्टिमा आम जनतालाई आबद्ध गराउने अभियानमा समेत तिब्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस